ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

गैर आवासिय नेपालीहरुद्वारा पोल्यान्डमा राजदूतावास स्थापना गर्न माग

वार्स। युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्दै आएका नेपाली समुदायले त्यहाँ नेपाली राजदूतावास स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

एनआरएनए डोल्नोश्लोन्स्की क्षेत्रीय समिति पोल्यान्डले जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारसमक्ष औपचारिक रूपमा उक्त माग प्रस्तुत गरेको हो ।

पोल्यान्डको भ्रोस्वाव सहरमा जनवरी २ गतेदेखि सञ्चालन गरिएको राहदानी घुम्ती शिविरको अन्तिम दिन शिविर समन्वयकर्ता एनआरएनए डोल्नोश्लोन्स्की क्षेत्रीय समितिले आज ज्ञापनपत्र बुझाएको हो ।

एनआरएनए डोल्नोश्लोन्स्की क्षेत्रीय समिति पोल्यान्डका अध्यक्ष दिपेन्द्र अधिकारी तथा सचिव स्मृति खड्काले जर्मनीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाललाई पोल्यान्डमा नेपाली राजदूतावास स्थापना गर्न माग गर्दै ज्ञापनपत्र बुझाउनुभयो ।

ज्ञापनपत्रमा करिब २० हजार नेपाली बसोबास गर्दै आएको पोल्यान्डमा राहदानी नवीकरण, कागजी प्रमाणीकरणलगायतका कन्सुलर सेवाहरू सहज र नियमित रूपमा उपलब्ध गराउन स्थायी नेपाली राजदूतावास स्थापना अत्यावश्यक रहेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत फुयालले पोल्यान्डमा नेपाली राजदूतावास स्थापना गर्न गरिएको मागसम्बन्धी ज्ञापनपत्र नेपाल सरकारका सम्बन्धित निकायसम्म पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

हाल पोल्यान्डमा नेपाली राजदूतावास नहुँदा कागजी प्रमाणीकरण, परिवार पुनर्मिलनलगायतका सामान्य प्रक्रियाका लागि समेत नयाँ दिल्लीस्थित पोल्यान्ड दूतावास धाउनुपर्ने बाध्यता रहेको छ । त्यसैगरी राहदानी तथा अन्य कन्सुलर सेवाका लागि पोल्यान्डस्थित नेपालीहरूलाई बर्लिनस्थित नेपाली राजदूतावास पुग्नुपर्ने वा घुम्ती शिविरको प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।

जर्मनीस्थित नेपाली राजदूतावासले हाल जर्मनीसहित करिब १० मुलुकमा कन्सुलर सेवा प्रदान गर्दै आएको छ ।

  himalayanvoice.com | २२ पुष २०८२, मंगलवार १४:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online