ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कांग्रेस बैठक : राष्ट्रिय सभाको निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने निर्णय गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको छ ।

उहाँका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल भएको छ ।

आजको बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमूल्लाह मन्सुर र जीवन परियारले आ–आफ्नो धारणा राख्नुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बिहान ९ बजे पुनः बस्ने छ ।

  himalayanvoice.com | २२ पुष २०८२, मंगलवार १४:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online