ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

सबैलाई एकताबद्ध गरेर लैजान छलफल जारी छ : उपसभापति गुरुङ

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध गरेर अघि बढाउने विषयमा निरन्तर छलफल भइरहेको बताउनुभएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको तथा केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको सन्दर्भमा दुवै विषयलाई मिलाएर लैजानेबारे छलफल चलिरहेको जानकारी दिनुभयो।

उहाँले पुस २६ गतेदेखि बोलाइएको विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा पार्टीभित्र सहमति जुटाएर अघि बढ्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। सबैको साझा चाहना पार्टीलाई अझ बलियो बनाउने नै रहेको उहाँको भनाइ छ।

उपसभापति गुरुङले भन्नुभयो, “कुनै न कुनै बिन्दुबाट सबैलाई मिलाएर लैजाने विषयमा हाम्रो छलफल भइरहेको छ। सबै कुरा मिलाएर अघि बढ्ने प्रयास छ। सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो। पार्टीलाई झगडाको अवस्थामा नपु¥याई एकतावद्ध भएर अघि बढ्नुपर्छ। अन्तिमसम्म पनि हामी पार्टीलाई एक बनाएर लैजाने आशमा छौँ।”

पार्टीभित्रको त्याग र बलिदानलाई स्मरण गर्दै सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

  himalayanvoice.com | २४ पुष २०८२, बिहीबार १३:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online