ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सबैलाई एकताबद्ध गरेर लैजान छलफल जारी छ : उपसभापति गुरुङ

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध गरेर अघि बढाउने विषयमा निरन्तर छलफल भइरहेको बताउनुभएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपसभापति गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरिसकेको तथा केन्द्रीय कार्यसम्पादन समितिले नियमित महाधिवेशनको तालिका सार्वजनिक गरिसकेको सन्दर्भमा दुवै विषयलाई मिलाएर लैजानेबारे छलफल चलिरहेको जानकारी दिनुभयो।

उहाँले पुस २६ गतेदेखि बोलाइएको विशेष महाधिवेशन र नियमित महाधिवेशनका विषयमा पार्टीभित्र सहमति जुटाएर अघि बढ्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। सबैको साझा चाहना पार्टीलाई अझ बलियो बनाउने नै रहेको उहाँको भनाइ छ।

उपसभापति गुरुङले भन्नुभयो, “कुनै न कुनै बिन्दुबाट सबैलाई मिलाएर लैजाने विषयमा हाम्रो छलफल भइरहेको छ। सबै कुरा मिलाएर अघि बढ्ने प्रयास छ। सबैको चाहना पार्टी बलियो होस् भन्ने नै हो। पार्टीलाई झगडाको अवस्थामा नपु¥याई एकतावद्ध भएर अघि बढ्नुपर्छ। अन्तिमसम्म पनि हामी पार्टीलाई एक बनाएर लैजाने आशमा छौँ।”

पार्टीभित्रको त्याग र बलिदानलाई स्मरण गर्दै सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

  himalayanvoice.com | २४ पुष २०८२, बिहीबार १३:१४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online