ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच निर्वाचन केन्द्रित छलफल भएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निश्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको हो । अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निश्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको प्रेस विज्ञ रावलले जानकारी दिनुभयो ।

अध्यक्ष ओली प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यको साथमा बालुवाटार पुग्नुभएको थियो । उहाँले पार्टीका अन्य नेताहरुलाई  साथमा लग्नुभएको थिएन । भेटवार्ता निर्वाचन सम्पन्न गराउनमै केन्द्रित भएको भए पनि वर्तमान राजनीतिक विषयमा समेत सामान्य छलफल भएको रावलको भनाइ छ ।

  himalayanvoice.com | २४ पुष २०८२, बिहीबार १३:१२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online