ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

बुवाछोरीको कथा ‘मिरमिरे’

काठमाडौँ । चलचित्र ‘मिरमिरे’  ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा बुवा र छोरीबिचको कथा छ । बुवा र छोरीबिचको भावनात्मक सम्बन्धलाई कथाको ट्रेलरमा देखाइएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरू दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङ्लेखु, साइसा गौचनलगायत कलाकार देख्न सकिन्छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ, प्रकाश, सिर्जना, साइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायतको अभिनय रहेको छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहनुभएको चलचित्रको सहनिर्मातामा गोविन्द बोहोरा, सुदीप कुँवर हुनुहुन्छ ।

 

  himalayanvoice.com | २४ पुष २०८२, बिहीबार १३:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online