ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

निपाह भाइरसबाट आतङ्कित नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निपाह भाइरसबाट आतङ्कित नहुन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले विज्ञप्ती जारी गर्दै मन्त्रालय नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रुपमा प्रतिबद्ध रहेको र आवश्यक सबै कदमहरु चाहिरहेको बताउँदै सबैलाई आतङ्कित नहुन तर, सचेत, सजक र जिम्मेवार बन्न आग्रह गर्नुभएको हो ।

डा.बुढाथोकीका अनुसार हालसम्म नेपालमा निपाह भाइरसको कुनै पनि घटना पुष्टि भैइसकेको छैन । उहाँले अनावश्यक त्रास नफैलाउन र आधिकारिक सूचनामात्रै विश्वास गर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “स्वास्थ्य निकायहरु जोखिम न्यूनीकरणका लागि पूर्ण तयारी अवस्थामा राखेका छौँ । सबैलाई आतङ्कित नहुन तथा आफू र परिवारलाई सुरक्षित राख्न जनस्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गरिन्छ। हल्लाको पछाडि नलाग्न र मन्त्रालयद्वारा जारी आधिकारिक सूचनामात्रै विश्वास गर्न अनुरोध गर्दछौँ ।”

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी तथा दक्षिण पूर्वी एसिया क्षेत्रीय स्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरेपनि छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनाहरूलाई मध्यनजर गर्दै मन्त्रालयलको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पूर्वतयारीका कदमहरु स्वरुप देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई समेत सचेत गराएको तथा निपाह भाइरसको परीक्षण एल्गोरिदम (अन्तरिक ) तयार गरिएको डा।बुढाथोकीको भनाइ छ ।

डा. बुढाथोकीका अनुसार निपाह भाइरस सङ्क्रमित फलफूल खाने चमेरोको थुक, पिसाब वा दिसाबाट दूषित फलफूल सेवन गर्दा सर्न सक्ने गर्छ ।

साथै, संक्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट पनि सङ्क्रमण फैलिन सक्ने डा.बुढाथोकीको भनाइ छ ।

डा.बुढाथोकीले फलफूल राम्रोसँग पखालेर, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेरमात्रै पिउन, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु, काट्दा पञ्जा र माक्स प्रयोग गर्ने, राम्रोसँग हात धुने भिडभाडमा जाँदा माक्स लगाउने लगायतका जनस्वास्थ्यका मापदण्ड पालन गर्न मन्त्रालयको सुझाव छ ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चक्कर लागने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने वाकवाकी लाग्ने वान्ता हुने, अचेत हुने जस्ता शंकास्पद लक्षण देखिएका बिरामीको शीघ्र पहिचान, आइसोलेसन, रिपोटिङ तथा सङ्क्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

साथै कुनै शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ ।

  himalayanvoice.com | २० माघ २०८२, सोमबार २०:५७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online