ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

जनसम्पर्क समिति र एनआरएनएले अध्यागमन कानुन र ट्याक्स फाइल सम्बन्धि अन्तरक्रिया गर्दै शभापति रामचन्द्र लामिछानेका अनुसार कागजपत्र बिहिन र ग्रीन कार्ड पथमा रहेका आप्रवासी समुदायलाई उचित कानुनी परामर्शको आवस्यकता महसुस गरेर समितिले समुदायको हितमा अध्यगमन विशेष कानुनी परामर्श कार्यक्रम गर्न लागेको हो ।

लस-एन्जलस। नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्निया च्याप्टर र गैर आवाशीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको सहकार्यमा ट्रंप प्रशासनको दिनहुँ परिवर्तन हुने अध्यगमन नीतिको मारमा परेका समुदायको हितमा कानुनी परामर्श सहितको अन्तरक्रिया गर्ने भएको छ ।

आगामी आइतबार, २२ फेब्रुवरीका दिन श्री पशुपतिनाथ बुद्ध मन्दिरको शभा हलमा साँझ ५:00 बजे देखि ७:00 बजेसम्म अध्यगमन कानुन विज्ञ लक्ष्मण अधिकारीको उपस्थितिमा बदलिदो अध्यागमन कानुन र समुदायमा परेको प्रभाव बारे अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।

यसै गरि सोहि दिनको अन्तरक्रिया कार्यक्रममा नेपाली जनसम्पर्क समिति दक्षिण क्यालिफोर्निया च्याप्टरले ट्रंप प्रशासनको बदलिदो कर नीति, ट्याक्स फाइल गर्दा अपनाउनु पर्ने सजगता र सुबिधा बारे कर विज्ञ राजेन्द्र सिवाकोटीको उपस्थितिमा समुदायको सरोकारलाई सम्बोधन गर्ने गरि अन्तरक्रिया कार्यक्रम गर्न लागिएको समितिका शभापति रामचन्द्र लामिछानेले जानकारी दिएका छन् ।

शभापति रामचन्द्र लामिछानेका अनुसार कागजपत्र बिहिन र ग्रीन कार्ड पथमा रहेका आप्रवासी समुदायलाई उचित कानुनी परामर्शको आवस्यकता महसुस गरेर समितिले समुदायको हितमा अध्यगमन विशेष कानुनी परामर्श कार्यक्रम गर्न लागेको हो । त्यसै गरि ट्याक्स फाइल गर्ने समय सुरु भएको र समुदायलाई ट्याक्स फाइल गर्दा आवस्यक परामर्श दिन सोहि दिनको कार्यक्रममा अमेरिकी करका जानकार निम्त्याएर अन्तरक्रिया कार्यक्रम गर्न लागिएको छ ।

लामिछानेले अध्यागमन नीतिमा आएको बदलावले प्रभाभित समुदायका सदस्यहरुलाई कार्यक्रममा सहभागी भएर कानुनी परामर्श लिन आग्रह गर्दै उक्त कार्यक्रममा सम्पूर्ण दक्षिण क्यालिफोर्निया बासीलाई निमन्त्रण गर्दै सहभागिताको लागि आग्रह गरेका छन् ।

अन्तरक्रिया कार्यक्रम गैर आवाशीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरको सहकार्यमा नेपाली समुदायको हितमा गर्न लागिएको संघका उपाध्यक्ष तिलक रानाले जानकारी दिएका छन् ।

उपाध्यक्ष रानाका अनुसार यतिबेला आप्रवासी नेपाली समुदाय अध्यागमन धर पकडले चिन्तित छन् र उनीहरुलाई उचित कानुनी परामर्श आवस्यक रहेकोले गैर आवाशीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले नेपाली जनसम्पर्क समितिसंग सहकार्य गर्दै समुदायलाई आप्रवाशन सम्बन्धि चुनौती र कानुनी हकका बारेमा सजग गराउन कार्यक्रम गर्न लागिएको हो ।

  himalayanvoice.com | ७ फाल्गुन २०८२, बिहीबार २३:१०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online