ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

वीरगञ्जमा दुई समुदायबीच झडप, अवस्था नियन्त्रणमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा आज साँझ दुई समुदायबीच विवाद चर्किँदा केही समय क्षेत्र तनावग्रस्त बनेको छ।

प्राप्त जानकारीअनुसार केही युवाहरूबीच भएको सामान्य विवाद र कुटपिटपछि दुई फरक धर्मका व्यक्तिहरू जम्मा भई एकापसमा आक्रमण गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो। एक समूहले अर्को समुदायको बस्तीतर्फ जान खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरी भीडलाई तितरबितर पारेको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना ठूलो सङ्ख्यामा परिचालन गरिएको छ। हाल सो क्षेत्र खाली गराइएको छ र स्थानीयलाई घरभित्रै बस्न आग्रह गरिएको छ।

पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अवस्था नियन्त्रणमा रहेको र अप्रिय घटना हुन नदिन अतिरिक्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। प्रहरीले सर्वसाधारणलाई अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने सामाजिक सञ्जालमा अफवाह नफैलाउन प्रशासनले सबैमा आग्रह गरेको छ। साथै, दुवै पक्षका समुदायलाई संयमता अपनाउन अनुरोध गरिएको छ।

  himalayanvoice.com | १० फाल्गुन २०८२, आईतवार १५:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online