ट्रेण्डिङ्ग:
|सम्बन्धित देशमै ग्रिनकार्डको आवेदन दिनु पर्ने नयाँ घोषणाले आप्रवासीहरूमा भ्रम र चिन्ता बढ्यो|वेदको ज्ञानलाई मानव जीवनमा सेवकको रुपमा धारण गर्न ‘आचार्य’ योग गुरु शर्माको आग्रह|अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु|एमाले सचिवालय बैठक पार्टी नेता बादलको नेतृत्वमा पार्टी पुनर्गठन कार्यदल गठन गर्दै सम्पन्न|काँग्रेस देउवा पक्षद्वारा आयोजित सुदूरपश्चिम भेलाको सदस्यता अद्यावधिक नगर्ने निणर्य|स्पेनी सर्वोच्च अदालतले सामूहिक आप्रवासीहरूलाई नियमित गर्न अनुमति दियो|साहित्यकार गौतमको मुक्तक सङ्ग्रह ‘भावनाका लहर’ सार्वजनिक|सीमाविवादका कारण कर्णाली करिडोर बन्द|मनकामना सडकबाट जिप मर्स्याङ्दीमा खस्यो, दुई जना गम्भीर घाइते|बाजुरा–हुम्ला जिल्लाको सीमा विवाद समाधानका लागि समिति गठन

विश्वकप लिग–२ : अमेरिका स्कटल्यान्डसँग पराजित

काठमाडौँ । काठमाडौँमा जारी आइसिसी विश्वकप लिग–२ मा अमेरिका स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा स्कटल्यान्डले अमेरिकालाई दुई रनले हराएको हो ।

वर्षाले प्रभाविक खेलमा ओभर घटाएर जितका लागि ३२ ओभरमा दुई सय ४९ रनको लक्ष्य पाएको अमेरिकाले ३२ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४६ रन मात्र बनाउन सक्यो । अमेरिकाले २६.४ ओभर खेल्दै चार विकेटको क्षतिमा एक सय ६० रन बनाउँदा पानी परेको थियो ।

अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले शतकीय इनिङ्स खेल्नुभयो । उहाँले ७५ बलमा पाँच चौका र आठ छक्का हान्नुभयो । यस्तै ओपनर स्मिथ पटेलले ७२, शुभम् रन्जनेले १६ र कप्तान मोनंक पटेलले रन बनाउनुभयो । बलिङमा स्कटल्यान्डका ब्राड करी, ब्रान्डन म्याकमुलेन र सफायान सरिफले दुई दुई विकेट लिनुभयो ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेटको क्षतिमा तीन सय २१ रनको विशाल योगफल तयार गरेको थियो । सुरुमा बुधबार राति परेको पानीका कारण खेल ढिला गरि सुरु हुँदा ४७ ओभरमा झारिएको हो ।

स्कटल्यान्डका लागि ओपनर फिन्ले म्याक्रिथले १०२ बलमा ६ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ७७ रन बनाउनुभयो । यस्तै ब्रान्डन म्याकमुलनले ५५, माइकल इङ्लिसले ५८, माइकल लिस्कले अविजित २८, मार्क वाटले अविजित २५ र जर्ज मुन्सेले २० रन बनाउनुभयो ।

बलिङमा अमेरिकाका जसदिप सिंह र सौरभ नेत्रभाल्करले दुई दुई विकेट लिनुभयो । मिलिन्द कुमार र शुभम रञ्जनेले एक एक विकेट लिनुभयो । जितसँगै स्कटल्यान्ड शीर्षस्थानमा उक्लिएको छ ।

लिगका ३० खेल सकेको स्कटल्यान्डले ३८ अङ्क बनाएको छ । २५ खेल सकेको अमेरिका ३६ अङ्कका साथ दोस्रो स्थानमा झरेको छ । यस सिरिजको अर्को टोली नेपाल २५ खेलबाट १८ अङ्क जोड्दै सातौँ स्थानमा छ ।

आठ देश सहभागी लिग–२ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई मात्र पछि पारेको छ । आठौँ स्थानमा रहेको युएईको २४ खेलबाट १४ अङ्क छ । अब नेपालले जेठ २ गते अमेरिका, ४ गते स्कटल्यान्ड र ८ गते अमेरिकासँग खेल्ने छ ।

  himalayanvoice.com | ३१ बैशाख २०८३, बिहीबार ०८:४४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online