ट्रेण्डिङ्ग:
|क्यालिफोर्नियाका विद्यार्थीको स्कोर घोषणा : नतिजामा उल्लेखनीय सुधार|पोपले शिकागो युनियन नेताहरूसँग भेटे, आप्रवासीहरूलाई स्वागत गर्न आग्रह|सरकारी बन्दका बीच आइसद्वारा अपराधी र अवैध आप्रवासी पक्राउ जारी|मन्त्रिपरिषद् बैठकका ६ निर्णय : इलामलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा|मन्त्रिपरिषद् बैठक : चार जना डिआइजीको एआइजीमा बढुवा|एसियन कप छनोट : नेपाल भियतनामसँग पराजित|कांग्रेस केन्द्रीय पदाधिकारी बैठक शुक्रबार पुनः बस्ने|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने

बागमती प्रदेश कांग्रेस विवाद र अविश्वासको प्रस्तावमाथि टुङ्गो लगाउन प्रक्रिया सुरु

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्धको अविश्वासको प्रस्तावमाथि टुङ्गो लगाउन सोमबारबाट प्रक्रिया थालिने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले अविश्वासको प्रस्तावमाथि छलफल गर्न सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको छ ।

अविश्वासको प्रस्तावमाथिको प्रक्रिया अगाडि बढाउन पार्टी केन्द्रीय समितिले खटाएको केन्द्रीय पर्यवेक्षकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था अनुसार केन्द्रीय पर्यवेक्षकमा कांग्रेस केन्द्रीय सदस्य राजन केसीलाई पठाएको छ ।

केन्द्रीय केसीले दिउँसो १ बजे बस्ने प्रदेश संसदीय दलको बैठक राखेर अविश्वासको प्रस्तावको प्रक्रिया थालिने जानकारी दिनुभयो ।

उहाँले अविश्वासको प्रस्तावलाई सकेसम्म सहमतिबाट समाधान गरिने र सहमति जुट्न नसकेमा प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

बागमतीका मुख्यमन्त्रीसमेत रहनुभएका लामाविरुद्ध कांग्रेसका ३७ प्रदेशसभा सदस्यमध्ये २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका छन् । साउन ९ गते लामाविरुद्ध कांग्रेस संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । कांग्रेस बागमती प्रदेश सभापति तथा प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर हुन् ।

पहिलो चरणमा प्रस्तावमाथि छलफल र अविश्वासको प्रस्तावमाथि मत विभाजनबाट निर्णय गरिनेछ ।

अविश्वासको प्रस्ताव पारित भएमा मात्र संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाइने भएको छ । संसदीय दलको बैठकबाट नेता चयन गर्न आवश्यक चुनावी प्रक्रियाका लागि मिति तोकिनेछ ।

साथै संसदीय दलको नेता गोप्य मतदानबाट चयन गर्ने कांग्रेस संसदीय दलको विधानमा व्यवस्था छ । संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।

संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने भएका कारण जो दलको नेता बन्छ उसैले सरकारको नेतृत्व गर्ने केसीको भनाइ छ ।
मुख्यमन्त्री लामाले आफ्नोविरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई यसअघि नै पदमुक्त गरिसक्नुभएको छ । यसअघि भएको संसदीय दलको नेताको निर्वाचनमा लामाले २१ मत पाउँदा बानियाँले १६ मत पाउनुभएको थियो ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार ०९:३३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online