ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

‘ऐया नि हो’ मा मेनुका र आशान्तको अभिनय

काठमाडौँ । आशान्त शर्मा निर्देशित चलचित्र ‘ताराहरू’ को ‘ऐया नि हो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कलाकार मेनुका प्रधान र आशान्त शर्माको अभिनय देख्न सकिन्छ । गायिका सलिना बिकेको आवाज रहेको गीतमा नेवारी भाषाको र्‍यापमा कुन्दन शाक्यको स्वर रहेको छ ।

चलचित्रमा निर्देशक शर्मासहित मेनुका प्रधान, आभास अधिकारी, मीरा खड्का, कुन्दन शाक्य, प्रभाकर न्यौपाने, राज पङ्गेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहेको छ । वेज प्रालि प्रस्तुति रहेको चलचित्रका निर्माता गोपिनी सेडाईं र कृष्णप्रसाद पङ्गेनी शर्मा हुनुहुन्छ भने सहनिर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पङ्गेनी शर्मा तथा युगविजय पङ्गेनी रहनुभएको छ ।

शरद महतोको छायाङ्कन रहेको चलचित्रमा विनोद पाण्डेको सम्पादन, अविनाश नापितको भिएफएक्समा रहेको छ । चलचित्र भदौ ६ गतेदेखि प्रदर्शनमा आउने छ ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार ०९:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online