ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

हावाडाँडामा पहिरो खस्दा बेसीसहर–चामे सडक अवरुद्ध

लमजुङ । हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ । सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित हावाडाँडामा सोमबार राति माथिबाट पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको वडाअध्यक्ष बलबहादुर गुरूङले जानकारी दिनुभयो ।

रातको समय र अविरल वर्षाका कारण पहिरो खस्ने क्रम नरोकिएकाले सोमबार राति सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राज किशोर साह तेलीले बताउनुभयो । मङ्गलबार विहानैदेखि डुम्रे, बेसीसहर–चामे सडक आयोजनासँग समन्वय गरेर अवरुद्ध सडक खुलाउन प्रयास गरिएको प्रहरी निरीक्षक तेलीले बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चे, जगत, हावाडाँडा क्षेत्रमा पटकपटक ठुलाठुला चट्टानसहित पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ । स्थानीय चन्द्र गुरूङका अनुसार पहिरोले विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

यस सडका विभिन्न ठाउँमा बर्सेनि पहिरोले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । विशेषगरी मनाङ र मर्स्याङ्दी गाउँपालिकाका स्थानीय बेँसीसहर हुँदै विभिन्न स्थानमा जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन् । वर्षायाममा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार २२:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online