ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

कागखोलामा बाहब बढेपछि उपल्लो मुस्ताङ जोड्ने सडक अवरुद्ध

मुक्तिनाथ (मुस्ताङ) । मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा पानीको बाहब बढेपछिउपल्लो मुस्ताङ जोड्ने कागबेनी–कोरला सडकमार्ग अवरुद्ध भएको छ । गए रातिदेखि कागखोला उर्लिएपछि बेनी–जोमसोम–कोरोला सडकखण्डअन्तर्गत बारागुङ मुक्तिक्षेत्र–३ छुसाङ हुँदै उपल्लो मुस्ताङको लो– घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जाने सवारीसाधन रोकिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाले बताउनुभयो ।

प्रनाउ लामाले भन्नुभयो, ‘‘जेसिबी ल्याएर बाटो मर्मतको काम भइरहेको छ, वर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाउन समेत यात्रुलाई अनुरोध गरेका छौ ।’’ उपल्लो मुस्ताङ जोड्ने वैकल्पिक सडकहरू समेत जोखिमपूर्ण र कालिगण्डकीको बाहब बढेकाले कागबेनी हुँदै जाने नियमित सडकखण्डमा बिहानैदेखि सवारीसाधन रोकिएको छ ।

बर्खातको समयमा छुसाङस्थित ताङ्वे खोला र मुस्ताङ गेटमा समेत बाढीपहिरोले पटकपटक सडक अवरुद्ध भएको छ । यो क्षेत्र उपल्लो मुस्ताङको प्रवेशद्वार मानिन्छ । बर्षासँगै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका हुँदै राष्ट्रि«य राजमार्गमा जाने यात्रुलाई रातको समयमा आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सुचना नै जारी गरेको छ । पछिल्ला बर्षमा मुस्ताङमा समेत नियमित बर्षा हुन थालेपछि उपल्लो मुस्ताङको लो– घेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दाले समेत बाढीपहिरोको सामाना गर्नुपरेको छ ।

  himalayanvoice.com | १३ श्रावण २०८२, सोमबार २२:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online