ट्रेण्डिङ्ग:
|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए

एनआरएनए जापानको अध्यक्षमा व्यवसायी सुभास लामिछाने निर्बाचित

टोक्यो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा रेस्टुरेन्ट व्यवसायी सुभास लामिछाने निर्वाचित भएका छन्।

एनआरएनए जापानको गत साता सम्पन्न निर्वाचनमा अर्का प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई पराजित गर्दै लामिछाने निर्बाचित भएका हुन्।

२०२३-०२५ को कार्यसमितिमा उपाध्यक्ष पदमा निर्वाचित भएका लामिछाने २०२५-०२७ को कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्।

अध्यक्ष निर्वाचित भएसँगै संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले आफूलाई साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन्। सन् २००७ मा जापान आएका लामिछाने रेस्टुरेन्ट व्यवसायी हुन्।

संस्थागत विकास, आर्थिक पारदर्शिता लगायतका कामको सुरूआत गर्ने समेत उनको प्रतिबद्धता छ।

निःशुल्क जापानिज भाषा र जापानी संघसंस्थाबारे जानकारी गराउने, मनोपरामर्शका कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका योजना समेत उनले अघि सारेका छन्।

जापान आउने विद्यार्थीहरूका लागि अभिमुखीकरण तालिमका लागि समन्वय गर्ने तथा जापानमा रहेका विद्यार्थीका लागि पर्ने विभिन्न समस्याको समाधानमा पहल गर्ने उनको आश्वासन छ।

  himalayanvoice.com | १४ श्रावण २०८२, मंगलवार १४:३०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online