ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

विश्वकप टेबलटेनिस छनोट सुरु

काठमाडौँ । विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो ।

अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा सञ्चालित च्याम्पियनसिपमा आयोजक नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहने छ ।

भारतबाट १०, नेपाल, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सबाट समान आठ, आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

च्याम्पियनसिपमा महिला तथा पुरुष टिम गरी दुई विधा समावेश गरिएको छ । च्याम्पियनसिपको विजेताले इङल्यान्डमा हुने विश्वकप टिम टेबलटेनिस च्याम्पियनसिप–२०२६ मा भाग लिन पाउने छ ।

 

  himalayanvoice.com | १५ श्रावण २०८२, बुधबार १०:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online