ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

विश्वकप टेबलटेनिस छनोट सुरु

काठमाडौँ । विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दुई दिने च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो ।

अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा सञ्चालित च्याम्पियनसिपमा आयोजक नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहने छ ।

भारतबाट १०, नेपाल, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सबाट समान आठ, आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

च्याम्पियनसिपमा महिला तथा पुरुष टिम गरी दुई विधा समावेश गरिएको छ । च्याम्पियनसिपको विजेताले इङल्यान्डमा हुने विश्वकप टिम टेबलटेनिस च्याम्पियनसिप–२०२६ मा भाग लिन पाउने छ ।

 

  himalayanvoice.com | १५ श्रावण २०८२, बुधबार १०:५२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online