ट्रेण्डिङ्ग:
|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध आरोप लगाउन सक्ने अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने

एनआरएनए क्यालिफोर्नियाको अध्यक्षमा कुल प्रसाद ढकाल र उनको समुह सर्वसम्मत निर्वाचित सर्वसम्मत निर्वाचित कार्यसमितिमा उपाध्यक्षहरू वरिष्ट समाजसेवी तिलक बहादुर राना मगर, महिला उपाध्यक्षमा चन्द्र माया गुरुङ, सचिवमा कैलाश केसी, कोषाध्यक्षमा केशर कुसरी, महिला संयोजकमा, भगवती बन, युवा संयोजकमा पवन शर्मा,र बोर्ड सदस्यहरुमा क्रमश ई कुमार श्रेष्ठ, बिनिल प्रसाद धिताल,हरिचन्द्र सापकोटा, हेमन्त आचार्य, खड्ग बहादुर बटाला र टेक खड्का निर्वाचित भएका छन् ।

लस-एन्जलस । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा कुल प्रसाद ढकाल ‘केपी’ सर्वसम्मत चयन भएका छन्। बुधवार राति निर्वाचन आयोगले प्रकाशित गरेको अनितिम उम्मेदवार सुचिमा एनआरएनए क्यालिफोर्निया च्याप्टरको सम्पूर्ण पदमा सर्वसम्मत चयन भएको हो ।

गत निर्वाचनमा ढकाल एक मतको अन्तरले पराजित भएका थिए । क्यालिफोर्नियाको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील ढकाल नेपालको गोरखा जिल्लामा जन्मिएर सानफ्रान्सिस्को कर्म थलो बनाउदै आएका छन् ।

सर्वसम्मत निर्वाचित कार्यसमितिमा उपाध्यक्षहरू वरिष्ट समाजसेवी तिलक बहादुर राना मगर, महिला उपाध्यक्षमा चन्द्र माया गुरुङ, सचिवमा कैलाश केसी, महिला सचिवमा रन्जना पाण्डे, कोषाध्यक्षमा केशर कुसरी, महिला संयोजकमा, भगवती बन, युवा संयोजकमा पवन शर्मा,र बोर्ड सदस्यहरुमा क्रमश ई कुमार श्रेष्ठ, बिनिल प्रसाद धिताल,हरिचन्द्र सापकोटा, हेमन्त आचार्य, खड्ग बहादुर बटाला र टेक खड्का निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष ढकालले सर्वसम्मत आफ्नो टिम निर्वाचित भएपछी प्रतिक्रिया दिदै भनेका छन्, ‘निरन्तर समुदायको हितमा काम गरेको परिणाम आफुले सर्वसम्मत नेतृत्व पाएको छु । यो एकताको भावनालाई निरन्तर कायम राख्दै नेपाली अमेरिकनको हितमा सामाजिकीकरणको मुद्धामा केहि उदाहरणीय काम गरेर देखाउनेछु ।’

  himalayanvoice.com | २३ श्रावण २०८२, बिहीबार १८:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online