ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

एनआरएनए क्यालिफोर्नियाको अध्यक्षमा कुल प्रसाद ढकाल र उनको समुह सर्वसम्मत निर्वाचित सर्वसम्मत निर्वाचित कार्यसमितिमा उपाध्यक्षहरू वरिष्ट समाजसेवी तिलक बहादुर राना मगर, महिला उपाध्यक्षमा चन्द्र माया गुरुङ, सचिवमा कैलाश केसी, कोषाध्यक्षमा केशर कुसरी, महिला संयोजकमा, भगवती बन, युवा संयोजकमा पवन शर्मा,र बोर्ड सदस्यहरुमा क्रमश ई कुमार श्रेष्ठ, बिनिल प्रसाद धिताल,हरिचन्द्र सापकोटा, हेमन्त आचार्य, खड्ग बहादुर बटाला र टेक खड्का निर्वाचित भएका छन् ।

लस-एन्जलस । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यालिफोर्निया च्याप्टरको अध्यक्षमा कुल प्रसाद ढकाल ‘केपी’ सर्वसम्मत चयन भएका छन्। बुधवार राति निर्वाचन आयोगले प्रकाशित गरेको अनितिम उम्मेदवार सुचिमा एनआरएनए क्यालिफोर्निया च्याप्टरको सम्पूर्ण पदमा सर्वसम्मत चयन भएको हो ।

गत निर्वाचनमा ढकाल एक मतको अन्तरले पराजित भएका थिए । क्यालिफोर्नियाको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील ढकाल नेपालको गोरखा जिल्लामा जन्मिएर सानफ्रान्सिस्को कर्म थलो बनाउदै आएका छन् ।

सर्वसम्मत निर्वाचित कार्यसमितिमा उपाध्यक्षहरू वरिष्ट समाजसेवी तिलक बहादुर राना मगर, महिला उपाध्यक्षमा चन्द्र माया गुरुङ, सचिवमा कैलाश केसी, महिला सचिवमा रन्जना पाण्डे, कोषाध्यक्षमा केशर कुसरी, महिला संयोजकमा, भगवती बन, युवा संयोजकमा पवन शर्मा,र बोर्ड सदस्यहरुमा क्रमश ई कुमार श्रेष्ठ, बिनिल प्रसाद धिताल,हरिचन्द्र सापकोटा, हेमन्त आचार्य, खड्ग बहादुर बटाला र टेक खड्का निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष ढकालले सर्वसम्मत आफ्नो टिम निर्वाचित भएपछी प्रतिक्रिया दिदै भनेका छन्, ‘निरन्तर समुदायको हितमा काम गरेको परिणाम आफुले सर्वसम्मत नेतृत्व पाएको छु । यो एकताको भावनालाई निरन्तर कायम राख्दै नेपाली अमेरिकनको हितमा सामाजिकीकरणको मुद्धामा केहि उदाहरणीय काम गरेर देखाउनेछु ।’

  himalayanvoice.com | २३ श्रावण २०८२, बिहीबार १८:२३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online