डाटफोर्डको चर्च किनेर मन्दिर बनाउदैछन् बेलायतका नेपाली समुदाय

लन्डन । बेलायतको डाटफोर्डमा रहेका नेपाली समुदायले चर्च किनेर मन्दिर बनाउने अभियान सुरु गरेका छन् ।

दक्षिण एशियाली मुलका बासिन्दाहरुको बसोबास रहेको डाटफोर्ड क्षेत्र स्थित द लाइट अपन द हिल्स् स्प्रिचुअल चर्च’ लाई किनेर नेपालीहरूले मन्दिर बनाउने अभियान सुरु गरेका हुन् ।

अभियान समुहले दिएको जानकारी अनुसार उक्त चर्च सञ्चालन गर्न नसकिने अवस्थामा पुगेपछि विक्रीका लागि राखिएको थियो र ६८५,००० पाउण्डमा किनेर उक्त चर्च अब मन्दिरको रूपमा विकसित गरिने भएको हो।

बेलायत स्थित नेपाली समुदायका अगुवा भरत लामिछानेका अनुसार उक्त भवन पहिले क्रिस्चियन धर्मावलम्बीको आस्थाको थलो थियो। अब सनातन मन्दिर निर्माण गरि प्राण प्रतिष्ठा पछि नित्य पुजा गरिनेछ ।

लामिछानेका भने, ‘हामी चर्च किनेर हिन्दू समुदायको आस्थाको केन्द्र मन्दिर बनाउँदैछौं ।’

लामिछानेका अनुसार आगामी तिहारसम्म मन्दिर खुल्ने र तुरुन्तै लक्ष्मीको मूर्ति स्थापना र प्राण प्रतिष्ठा गरी पूजा सुचारु गर्ने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×