ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

टप एन्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको बिदाइ अस्ट्रेलियामा अगस्ट १४ देखी २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने जर्सी नासा सेक्युरिटीजले प्रायोजन गरेको हो ।

नयाँ जर्सीको आइतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सार्वजनिक गर्नुभयो ।

जर्सी प्रायोजनसम्बन्धी सम्झौतामा आइतबार नै क्यानका अध्यक्ष चन्द र नासा सेक्युरिटीजका निर्देशक मदन पौडेलबिच हस्ताक्षर भएको छ । यसअघि नेपाली क्रिकेट टोलीको प्रायोजकमा केल्मी थियो । जर्सीमा क्यान र नासा सेक्युरिटिजको लोगो राखिएको छ ।

टप एन्ड टी–२० सिरिज खेल्ने क्रिकेट टोलीको बिदाइ

सोही कार्यक्रममा अस्ट्रेलियामा अगस्ट १४ देखी २४ सम्म हुने टप एन्ड टी–२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । सिरिजका लागि यसअघि नै क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको थियो ।

नेपालले अस्ट्रेलियाको सिरिजलाई आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।

यस सिरिजमा ११ टोलीको सहभागिता रहने छ । नेपालले स्ट्राइकसँग अगस्ट १५ तारिख खेल्दै सिरिजको सुरुवात गर्ने छ ।

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १०:३६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online