ट्रेण्डिङ्ग:
|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध आरोप लगाउन सक्ने अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध

बंसजको नागरिकता खोस्ने काँग्रेस,एमाले र माओबादीको झोला बोक्न छोड्नुहोस 'एनआरएन कार्ड कागजको खोस्टो हो यो ललिपपमा नभुल्नु होला । गिरिबंधुका नाइके, ओम्निका नाइके र भुटानी शरणार्थीका नाइकेलाई जेल नहाली देश बन्दैन ।'

लस-एन्जलस । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संघिय सांसद ज्ञानेन्द्र शाहीले विदेशमा बसेका नेपालीको बंसजको नागरिकता काँग्रेस,एमाले र माओबादीले खोसेको आरोप लगाएका छन् । शनिबार दक्षिण क्यालिफोर्नियाका नेपाली समुदाय संग अन्तरक्रिया गर्दै सांसद शाहीले भने, ‘राजाको सक्रिय शासनमा गैर आवाशीय नेपालीले मत दिने अधिकार सहित बंसजको नागरिकता पाएका थिए तर २०६३ को आन्दोलन पछि बिदेशमा बस्ने नेपालीको बंसजको नागरिकता खोसियो ।’

शाहीले जोड दिएर भने, ‘तपाइहरुको जन्मसिद्ध हक बंसजको नागरिकता खोस्ने काँग्रेस,एमाले र माओबादीको झोला बोक्न छोड्नुहोस । हामि छिट्टै यो राजनीतिक अराजकता अन्त्य गर्ने आन्दोलन गर्दै छौ । हामीलाई साथ् दिनुहोस, हामि तपाइहरुको खोसिएको जन्मसिद्ध बंसजको नागरिकता फिर्ता गर्नेछौ।’

शाहीले थपेर भने, ‘मुलुक संघियताले टाट उल्टिएको छ र ठुला भ्रष्टाचारका नाइकेले मिलेर देश लुटिरहेका छन् । अब पनि नसोच्ने हो भने देश बर्बाद हुन्छ । देशको अलिकति पनि माया छ भने अब हुने आन्दोलनमा बिदेशमा बस्ने नेपाली र उनीहरुका परिवारले साथ् दिए अहिले भैरहेको भ्रष्टाचार र राजनीतिक अन्यौल अन्त्य हुनेछ ।’

शाहीले भने, ‘एनआरएन कार्ड कागजको खोस्टो हो यो ललिपपमा नभुल्नु होला । गिरिबंधुका नाइके, ओम्निका नाइके र भुटानी शरणार्थीका नाइकेलाई जेल नहाली देश बन्दैन ।’

अगुवा नेपाली अमेरिकन कपिल अधिकारीले सांसद ज्ञानेन्द्र शाही संग अन्तरक्रिया राख्नु उद्धेश्य नेपाली नागरिकताको निरन्तरताको आन्दोलनमा अमेरिकाको नेपाली समुदायलाई जागृत गर्नु भएको बताए ।

अन्तरक्रियामा दर्जनौ नेपाली समुदायका अगुवाहरुको जिज्ञाशा थियो के नेपालमा राजतन्त्र फर्किन्छ? शाहीको उत्तर थियो राजतन्त्र पुनर्स्थापनानै मुलुकको अस्थिरता र अराजकता अन्त्यको प्रस्थान बिन्दु हो ।

कपिल अधिकारी र उत्तम जंग थापाको संयुक्त आयोजनामा आयोजित अन्तरक्रियामा वाणिज्य दुत ऋषि पुनाखर ढकाल लगायतका बक्ताले बिदेशमा बस्ने नेपालीको समस्या बताएका थिए ।

अन्तरक्रिया कार्यक्रमको उद्घोषण समाजसेवी ज्ञानेन्द्र गुरुङले गरेका थिए भने अगुवा नेपालीअमेरिकन कपिल अधिकारीले सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १४:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online