ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

बंसजको नागरिकता खोस्ने काँग्रेस,एमाले र माओबादीको झोला बोक्न छोड्नुहोस 'एनआरएन कार्ड कागजको खोस्टो हो यो ललिपपमा नभुल्नु होला । गिरिबंधुका नाइके, ओम्निका नाइके र भुटानी शरणार्थीका नाइकेलाई जेल नहाली देश बन्दैन ।'

लस-एन्जलस । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं संघिय सांसद ज्ञानेन्द्र शाहीले विदेशमा बसेका नेपालीको बंसजको नागरिकता काँग्रेस,एमाले र माओबादीले खोसेको आरोप लगाएका छन् । शनिबार दक्षिण क्यालिफोर्नियाका नेपाली समुदाय संग अन्तरक्रिया गर्दै सांसद शाहीले भने, ‘राजाको सक्रिय शासनमा गैर आवाशीय नेपालीले मत दिने अधिकार सहित बंसजको नागरिकता पाएका थिए तर २०६३ को आन्दोलन पछि बिदेशमा बस्ने नेपालीको बंसजको नागरिकता खोसियो ।’

शाहीले जोड दिएर भने, ‘तपाइहरुको जन्मसिद्ध हक बंसजको नागरिकता खोस्ने काँग्रेस,एमाले र माओबादीको झोला बोक्न छोड्नुहोस । हामि छिट्टै यो राजनीतिक अराजकता अन्त्य गर्ने आन्दोलन गर्दै छौ । हामीलाई साथ् दिनुहोस, हामि तपाइहरुको खोसिएको जन्मसिद्ध बंसजको नागरिकता फिर्ता गर्नेछौ।’

शाहीले थपेर भने, ‘मुलुक संघियताले टाट उल्टिएको छ र ठुला भ्रष्टाचारका नाइकेले मिलेर देश लुटिरहेका छन् । अब पनि नसोच्ने हो भने देश बर्बाद हुन्छ । देशको अलिकति पनि माया छ भने अब हुने आन्दोलनमा बिदेशमा बस्ने नेपाली र उनीहरुका परिवारले साथ् दिए अहिले भैरहेको भ्रष्टाचार र राजनीतिक अन्यौल अन्त्य हुनेछ ।’

शाहीले भने, ‘एनआरएन कार्ड कागजको खोस्टो हो यो ललिपपमा नभुल्नु होला । गिरिबंधुका नाइके, ओम्निका नाइके र भुटानी शरणार्थीका नाइकेलाई जेल नहाली देश बन्दैन ।’

अगुवा नेपाली अमेरिकन कपिल अधिकारीले सांसद ज्ञानेन्द्र शाही संग अन्तरक्रिया राख्नु उद्धेश्य नेपाली नागरिकताको निरन्तरताको आन्दोलनमा अमेरिकाको नेपाली समुदायलाई जागृत गर्नु भएको बताए ।

अन्तरक्रियामा दर्जनौ नेपाली समुदायका अगुवाहरुको जिज्ञाशा थियो के नेपालमा राजतन्त्र फर्किन्छ? शाहीको उत्तर थियो राजतन्त्र पुनर्स्थापनानै मुलुकको अस्थिरता र अराजकता अन्त्यको प्रस्थान बिन्दु हो ।

कपिल अधिकारी र उत्तम जंग थापाको संयुक्त आयोजनामा आयोजित अन्तरक्रियामा वाणिज्य दुत ऋषि पुनाखर ढकाल लगायतका बक्ताले बिदेशमा बस्ने नेपालीको समस्या बताएका थिए ।

अन्तरक्रिया कार्यक्रमको उद्घोषण समाजसेवी ज्ञानेन्द्र गुरुङले गरेका थिए भने अगुवा नेपालीअमेरिकन कपिल अधिकारीले सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १४:१५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online