ट्रेण्डिङ्ग:
|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध आरोप लगाउन सक्ने अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने

गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा लोकमणी ढकाल निर्वाचित

म्युनिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा प्रतिद्वन्द्वी ज्याति राईलाई पराजित गर्दै लोकमणी ढकाल निर्वाचित भएका छन्।

आइतवार भएको अनलाइन मतदानमा खसेका ४५८ मतमध्ये ढकालले २९३ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिद्वन्द्वी ज्याति राईले १६६ मत प्राप्त गरे।

त्यसैगरी, महासचिव पदमा सनत कुमार गौतमले २७३ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिस्पर्धी लोकन्द्र साम्बाले १७५ मत पाए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् २०२५–२७ कार्यकालको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन प्रमुख दिलबहादुर गुरुङ, सदस्य–सचिव विजय मोक्तान, तथा सदस्यहरू हेमराज जोशी, गोविन्द भण्डारी र विजय साहिले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

  himalayanvoice.com | २६ श्रावण २०८२, आईतवार १६:३७

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online