नेपाली अमेरिकन क्रिकेट टिमद्वारा सतेन्द्र शाहलाई मत दिन आग्रह

लस-एन्जलस । गैर आवासिय नेपाली संघ, (एनआरएनए) अमेरिकाको जारी निर्वाचनका अध्यक्ष पदका प्रत्याशी सतेन्द्र शाहलाई मतदिन नेपाली अमेरिकन क्रिकेट टिमले आग्रह गरेको छ ।

टिमको तर्फबाट खेलाडीहरु सुनिल रोय र साथीहरुले दोस्रो पुस्ताको नेपाली अमेरिकनको हितमा क्रियाशील सतेन्द्र शाहले युवालाई अमेरिकी मुलधारमा ल्याउन गरेको प्रयासको प्रसंसा गर्दै टिम सतेन्द्रलाई मत दिन आग्रह गरेका हुन् ।

क्रिकेटर प्रकाश गीरी, सुशील सुन्दरम, शैलेन्द्र शाहले हिमालयन भ्वाइससंग कुरा गर्दै भने, ‘अमेरिकामा रहेको नेपाली समुदायको दोस्रो पुस्तामा खेल जगत विशेष गरि क्रिकेट क्षेत्रमा अमेरिकी राष्ट्रिय टिममा खेल्न सक्ने क्षमता भएका खेलाडी छन् । यस अघि सतेन्द्र शाहले हामीलाई सदैव साथ दिनु भयो । यदि टिम सतेन्द्रले एनआरएनए अमेरिकाको निर्वाचन जित्यो भने क्रिकेटको लागि स्वर्णिम दिन सुरु हुनेछ ।’

क्रिकेटरहरु सुमित शाह, बसन्त यादव, बिनोद शाह र रबिन्द्र मण्डलले पनि एकै स्वरमा भने, ‘हामी क्रिकेट मार्फत अमेरिकामा नेपालीको पहिचान बनाउदै छौ र यो यात्रामा सदैव हामीलाई साथ दिने सतेन्द्र शाहलाई भोट दिएर दोस्रो पुस्तालाई अभिप्रेरित गर्न आग्रह गर्दछौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×