ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

नेपाली अमेरिकन क्रिकेट टिमद्वारा सतेन्द्र शाहलाई मत दिन आग्रह 'हामी क्रिकेट मार्फत अमेरिकामा नेपालीको पहिचान बनाउदै छौ र यो यात्रामा सदैव हामीलाई साथ दिने सतेन्द्र शाहलाई भोट दिएर दोस्रो पुस्तालाई अभिप्रेरित गर्न आग्रह गर्दछौ ।'

लस-एन्जलस । गैर आवासिय नेपाली संघ, (एनआरएनए) अमेरिकाको जारी निर्वाचनका अध्यक्ष पदका प्रत्याशी सतेन्द्र शाहलाई मतदिन नेपाली अमेरिकन क्रिकेट टिमले आग्रह गरेको छ ।

टिमको तर्फबाट खेलाडीहरु सुनिल रोय र साथीहरुले दोस्रो पुस्ताको नेपाली अमेरिकनको हितमा क्रियाशील सतेन्द्र शाहले युवालाई अमेरिकी मुलधारमा ल्याउन गरेको प्रयासको प्रसंसा गर्दै टिम सतेन्द्रलाई मत दिन आग्रह गरेका हुन् ।

क्रिकेटर प्रकाश गीरी, सुशील सुन्दरम, शैलेन्द्र शाहले हिमालयन भ्वाइससंग कुरा गर्दै भने, ‘अमेरिकामा रहेको नेपाली समुदायको दोस्रो पुस्तामा खेल जगत विशेष गरि क्रिकेट क्षेत्रमा अमेरिकी राष्ट्रिय टिममा खेल्न सक्ने क्षमता भएका खेलाडी छन् । यस अघि सतेन्द्र शाहले हामीलाई सदैव साथ दिनु भयो । यदि टिम सतेन्द्रले एनआरएनए अमेरिकाको निर्वाचन जित्यो भने क्रिकेटको लागि स्वर्णिम दिन सुरु हुनेछ ।’

क्रिकेटरहरु सुमित शाह, बसन्त यादव, बिनोद शाह र रबिन्द्र मण्डलले पनि एकै स्वरमा भने, ‘हामी क्रिकेट मार्फत अमेरिकामा नेपालीको पहिचान बनाउदै छौ र यो यात्रामा सदैव हामीलाई साथ दिने सतेन्द्र शाहलाई भोट दिएर दोस्रो पुस्तालाई अभिप्रेरित गर्न आग्रह गर्दछौ ।’

  himalayanvoice.com | १ भाद्र २०८२, आईतवार १२:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online