कोलोराडो । सुगम संगीत र रक एण्ड रोल मार्फत धुम मच्चाएकी सदाबहार गायिका रिमा गुरुङ होडाको एकल साङ्गीतिक कार्यक्रम कोलोराडोमा भय्ब्यताका साथ् सम्पन्न भएको छ । अपार दर्शकहरुको सामुन्ने आफ्ना सदाबहार गित पस्किदा सिंगो हाल गुन्जायमान भएको थियो ।
कार्यक्रममा सुगम संगीत र रक एंड रोलको प्रस्तुती सहित मखमली आवाजमा सहभागीहरू मन्त्रमुग्ध भएका थिए ।
कार्यक्रमको साङ्गीतिक सुरुवातमा उत्कृष्ट वाद्यवादनले संगीतको छुट्टै आनन्द प्रदान गरेको थियो ।
वाद्यवादनमा निर्मल होडा र नित्यग्य होडा श्रेष्ठले आफ्नो प्रवीणता देखाएका थिए भने पियानो वादक प्रज्वल लामाले आफ्नो मधुर प्रविधिले गीतहरूलाई अर्को नै रूप दिएका थिए ।
बाँसुरी वादक सर्वजित राईले आफ्नो सुरीलो बाँसुरीको धुनमा श्रोताहरूलाई भावविभोर बनाएका थिए । गिटार वादक सुमित महर्जनले आफ्नो तालमा ताल मिलाएर गीतहरूलाई जीवन्त बनाए भने तवला वादक सुरेन्द्र महर्जनले आफ्नो तालमा कार्यक्रमलाई चाखलाग्दो बनाएका थिए ।
प्रतिक्रिया