ट्रेण्डिङ्ग:
|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग|आम मतदातालाई निर्वाचनमा सहभागी हुन कांग्रेसको अनुरोध|सरकारले इन्धन र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउने|लेबनानमा भएको इजरायली आक्रमणमा ३१ जनाको मृत्यु, १४९ घाइते|‘द्वन्द्वग्रस्त मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाको उचित प्रबन्ध मिलाइएको छ’ 

सदाबहार गायिका रिमा गुरुङको सुगम संगीत र रक एण्ड रोलमा झुम्यो कोलोराडो

कोलोराडो । सुगम संगीत र रक एण्ड रोल मार्फत धुम मच्चाएकी सदाबहार गायिका रिमा गुरुङ होडाको एकल साङ्गीतिक कार्यक्रम कोलोराडोमा भय्ब्यताका साथ् सम्पन्न भएको छ । अपार दर्शकहरुको सामुन्ने आफ्ना सदाबहार गित पस्किदा सिंगो हाल गुन्जायमान भएको थियो ।

कार्यक्रममा सुगम संगीत र रक एंड रोलको प्रस्तुती सहित मखमली आवाजमा सहभागीहरू मन्त्रमुग्ध भएका थिए ।

कार्यक्रमको साङ्गीतिक सुरुवातमा उत्कृष्ट वाद्यवादनले संगीतको छुट्टै आनन्द प्रदान गरेको थियो ।

वाद्यवादनमा निर्मल होडा र नित्यग्य होडा श्रेष्ठले आफ्नो प्रवीणता देखाएका थिए भने पियानो वादक प्रज्वल लामाले आफ्नो मधुर प्रविधिले गीतहरूलाई अर्को नै रूप दिएका थिए ।

बाँसुरी वादक सर्वजित राईले आफ्नो सुरीलो बाँसुरीको धुनमा श्रोताहरूलाई भावविभोर बनाएका थिए । गिटार वादक सुमित महर्जनले आफ्नो तालमा ताल मिलाएर गीतहरूलाई जीवन्त बनाए भने तवला वादक सुरेन्द्र महर्जनले आफ्नो तालमा कार्यक्रमलाई चाखलाग्दो बनाएका थिए ।

  himalayanvoice.com | ३ भाद्र २०८२, मंगलवार २१:३१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online