बाल्टिमोर । गैर आवासिय नेपाली संघ, (एनआरएनए) मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदमा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
एनआरएनए मेरिल्याण्ड च्याप्टरको निर्वाचनमा विभाजित समुहबाट अध्यक्ष प्रत्याशी किरण पण्डित र बाबुराम भट्टराई पक्ष बीच भएको सहमति अनुसार एक एक बर्षको कार्यकाल रहने गरि पहिलो बर्षको कार्यकालको अध्यक्ष पदका लागि बाबुराम भट्टराई निर्वाचित निर्वाचित भएका हुन ।
बाल्टिमोर स्थित नेपाली समुदायको पहलमा दुई पक्ष बीच भएको सहमति अनुसार एक, एक बर्षको कार्यकाल रहने गरि अध्यक्ष चयन गरिएको हो ।
पहिलो बर्षको कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष बाबुराम भट्टराईले संघको एकताको आफुले एक बर्षीय कार्यकालमा सहमति गरेको बताए ।
दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित किरण पण्डितले पनि अमेरिकामा नेपाली समुदाय विभाजित हुनु राम्रो नभएको र मुलधारको एकता कायम गर्न सहमतिमा कार्यकाल बाड्न राजी भएको बताए ।
संघको बार्षिक साधारण सभामा आजै अध्यक्ष बाबुराम भट्टराई र अन्य नव निर्वाचित च्याप्टर पदाधिकारीहरुले एक समारोह बीच पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रतिक्रिया