ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

एनआरएनए मेरिल्याण्ड च्याप्टरको अध्यक्षमा बाबुराम भट्टराई सर्वसम्मत निर्वाचित एनआरएनए मेरिल्याण्ड च्याप्टरको निर्वाचनमा विभाजित समुहबाट अध्यक्ष प्रत्याशी किरण पण्डित र बाबुराम भट्टराई पक्ष बीच भएको सहमति अनुसार एक एक बर्षको कार्यकाल रहने गरि पहिलो बर्षको कार्यकालको अध्यक्ष पदका लागि बाबुराम भट्टराई निर्वाचित निर्वाचित भएका हुन ।

बाल्टिमोर । गैर आवासिय नेपाली संघ, (एनआरएनए) मेरिल्याण्ड च्याप्टरको अध्यक्ष पदमा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

एनआरएनए मेरिल्याण्ड च्याप्टरको निर्वाचनमा विभाजित समुहबाट अध्यक्ष प्रत्याशी किरण पण्डित र बाबुराम भट्टराई पक्ष बीच भएको सहमति अनुसार एक एक बर्षको कार्यकाल रहने गरि पहिलो बर्षको कार्यकालको अध्यक्ष पदका लागि बाबुराम भट्टराई निर्वाचित निर्वाचित भएका हुन ।

बाल्टिमोर स्थित नेपाली समुदायको पहलमा दुई पक्ष बीच भएको सहमति अनुसार एक, एक बर्षको कार्यकाल रहने गरि अध्यक्ष चयन गरिएको हो ।

पहिलो बर्षको कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष बाबुराम भट्टराईले संघको एकताको आफुले एक बर्षीय कार्यकालमा सहमति गरेको बताए ।

दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित किरण पण्डितले पनि अमेरिकामा नेपाली समुदाय विभाजित हुनु राम्रो नभएको र मुलधारको एकता कायम गर्न सहमतिमा कार्यकाल बाड्न राजी भएको बताए ।

संघको बार्षिक साधारण सभामा आजै अध्यक्ष बाबुराम भट्टराई र अन्य नव निर्वाचित च्याप्टर पदाधिकारीहरुले एक समारोह बीच पद तथा गोपनियताको सपथ लिएका छन् ।

 

  himalayanvoice.com | ७ भाद्र २०८२, शनिबार १९:०१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online