ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली मेला भव्यताका साथ् सम्पन्न उक्त मेलामा ४४ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने झन्डै ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए।

लन्डन । तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली मेला सांस्कृतिक झाँकी र गित संगीत, नेपाली खाना र नाच गान सहित भव्यताका साथ् सम्पन्न भएको छ।

आइतबार लन्डनको केम्प्टन पार्कमा आयोजित मेलामा करिब १३ हजार नेपालीले भाग लिएको आयोजकले जनाएका छन्।

उक्त मेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले मेला मार्फत नेपालको सांस्कृतिक विविधता यूके ल्याएको बताएका छन् । ‘नेपालीहरु जहां जान्छन्, आफू संगै नेपाल लिएर जान्छन् भन्ने प्रमाण यो हो’, उनले भने, ‘बेलायतको यो भूमिमा नेपाललाई विविध र ऐतिहासिक रुपमा प्रस्तुत गरेर तमुधिं यूकेले इतिहास रचेको छ ।’

नेपालको समुन्नतिमा बेलायतका नेपालीको उल्लेख्य योगदान रहेको भन्दै उनले दोश्रो पुस्तालाई पनि नेपालसंग जोड्न अनुरोध गरेका थिए । उनले भूतपूर्व गोर्खाको योगदानले गर्दा नेपाल तथा बेलायतबीचको सम्बन्ध अरु सुदृढ भएको बताउँदै नेपाली संस्कृति र सम्पदाको जगेर्ना गर्न तमु धिं युकेले गरिरहेको प्रयासको प्रशंसा पनि गरे।

कार्यक्रमका विशेष अतिथि नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश उज्यालो नहुने भन्दै नेपालको समग्र क्षेत्रमा उज्यालो ल्याउनका लागि उज्यालो नेपाल अभियान सुरु गरिएको बताए।

घिसिङले नेपालको समग्र रुपान्तरणका लागि सही राजनीतिक नेतृत्व आवश्यक रहेको बताउंदै राजनीति सही नभएसम्म मुलुकले फड्को मार्न नसक्ने जनाए।

तमु धिं युकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन महासचिव डा बिशाल गुरुङले गरेका थिए।

उक्त मेलामा ४४ ओटा सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने झन्डै ७० ओटा विभिन्न संस्था तथा व्यवसायले आफ्नो स्टल राखेका थिए।
मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट भएर पासा पुचः गुथि यूके प्रथम बन्दै ११०० पाउण्डसहित एम्बासडर कप जित्यो भने किरात याक्थुङ चुम्लुङ यूके दोश्रो र किरात राई यायोख्या यूके तृतीय पुरष्कार जितेका छन् ।

  himalayanvoice.com | ९ भाद्र २०८२, सोमबार १९:२१

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online