ट्रेण्डिङ्ग:
|यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|वैशाख कृष्ण औँसीः मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै|पश्चिमी र स्थानीय वायुको प्रभावः केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी|म्यासाचुसेट्स कानूनी सहायता कार्यक्रमले आप्रवासीहरूलाई आप्रवासन अदालतमा मद्धत गर्दछ|लाखौं क्यालिफोर्नियालीहरूलाई ५२० मिलियन डलरको उपयोगिता बिल राहत प्रदान|ट्रम्प प्रशासनलाई जवाफी प्रहार गर्दै हाइटियन आप्रवासीहरूलाई संरक्षण गर्ने विधेयकमा सदन अगाडि बढ्दै|पूर्ण ओली र मनुहाङ किराँती  पुरस्कृत|‘यःमां’ म्यूजिक भिडियोको लोकार्पण|नेपाली कांग्रेसले वैशाख ६ मा बृहत भेलाको आयोजना गर्ने|रास्वपा संसदीय दलको प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी: संसदीय समिति सभापति चयन 

तिनै होलान हाम्रा बाबा लिन आएका….नाच्दै, गाउदै तीजमा रमायो लसएन्जलस तिनै होलान हाम्रा बाबा लिन आएका मन मुटु देशको तर शरीर परदेशमा भएका दक्षिण क्यालिफोर्नियाका चेलिबेटीको माइती बनेर तीज मनाउने अपूर्व अवसर मिलाउने श्री पशुपति बुद्ध मन्दिर, नर्वाक व्यबस्थापन समिति प्रति नाच्दै गाउदै गरेका चेली बेटीहरुले सामुहिक स्वरमा भने, 'छेउ छाउमा बसेर ढाका टोपी लाएर, दर खुवाउने दाजु भाईलाई धन्यवाद ।'

लस-एन्जलस । ‘पारी पारी आएका ढाका टोपी लाएका, तिनै होलान हाम्रा बाबा लिन आएका…..!

गायिका लक्ष्मी मल्लको स्वरवद्ध यो तीज गीतले नेपाल बाहिरको नेपाली समाजका आमा दिदि बहिनीलाई पनि आफु जन्मिएको देश नेपालको त्यो तीजको स्मरण गरायो । श्री पशुपतिनाथ बुद्ध मन्दिरमा शनिबार दर खान जम्मा भएका चेलीहरु रातो सारीमा सजिएर यहि भाखामा कम्मर मर्काई मर्काई नाचिरहेका देखिन्थे ।

काम र काममै परदेशी जीवन बाँचिरहेका चेलीहरु तीजको मेसोमा छुट्टी लिएर नाचिरहेका, सुख: दुख: साटिरहेका र रातो सारीमा क्लिक किल्क सेल्फी हानिरहेको दृश्य सामाजिक संजाल मार्फत नेपालका आफन्तहरुलाई परदेशको संदेश पनि हो भन्न सकिन्छ ।

हरितालिका तीजका अवसरमा शनिबार दर खान र मंगलबार बिहानैदेखि पुजा आजाको लागि श्री पशुपतिनाथ बुद्ध मन्दिरमा भक्तजनको घुइँचो थियो ।

दर खाने दिन अमृत महतो, रामेश्वर भण्डारी र प्रमिला श्रेष्ठले अचार बनाउदै गरेको दृश्य, अर्जुन पौडेल र साथीहरुले तरकारी र फलफुल काट-कुट गरेको क्षण र भान्सामा अजित घिमिरे, एक प्रशाद पाण्डे र इश्वरी न्यौपानेले घोटी घोटी खीर र हलुवा बनाएको स्वादिलो पल मनमोहक थियो ।

आराध्यदेव श्रीपशुपतिनाथको दर्शनार्थीलाई सहज दर खाने र दर्शन गर्न प्रबन्ध मिलाउन श्री पशुपति बुद्ध मन्दिर, नर्वाक व्यबस्थापन समितिले विशेष व्यबस्था मिलाएको थियो । यसका लागि शनिबार झन्डै ८०० चेलीबेटीले दर खाएको र मंगलबार श्री पशुपतिनाथ बुद्ध मन्दिर बिहान ९:०० बजेदेखि नै खुला गरिएको अध्यक्ष बिमल श्रेष्ठले जानकारी दिएका छन् ।


अध्यक्ष श्रेष्ठका अनुसार शनिबारको दर खाने दिन भोजन प्रबन्धनमा अमृत महतो, अजित घिमिरे, अर्जुन पौडेल, इश्वरी न्यौपाने, कृष्ण कोइराला, विवेक श्रेष्ठ, रामबाबु पाण्डे, प्रमिला श्रेष्ठ, एक प्रसाद पाण्डे, मधुकर वाग्ले, कविन्द्र पन्त, श्याम जोशी, श्याम ढुंगाना, विक्रम लामा, उज्ज्वल थपलिया लगायत श्री पशुपतिनाथ बुद्ध मन्दिरका एक दर्जन स्वयंसेवक व्यवस्थापनका लागि खटाइएको थियो ।

अगुवा महिला नेत्री सावित्रा ओलीका अनुसार श्री पशुपति बुद्ध मन्दिर व्यबस्थापन समितिले हरितालिका तीज होस् वा अन्य धार्मिक पर्व महिलाहरुलाई माइतीले जस्तै दर खुवाउने, पुजा आज गर्ने ब्यबस्था मिलाउदै आएकोमा धन्यवाद ज्ञापन गरिन ।

अर्की महिला नेत्री इन्दिरा त्रिपाठीले पनि नेपालको सांस्कृतिक पर्वहरुलाई अमेरिकामा पनि समुदाय निम्त्याएर नाच गान सहित मनाउने अवसर दिएकोमा श्री पशुपति बुद्ध मन्दिर परिवार प्रति आभार प्रकट गरिन ।

मन्दिर व्यबस्थापन समितिका इलेक्ट्रो प्रेसिडेन्ट रामबाबु पाण्डे, प्रथम उप्पध्य्क्ष सिद्धार्थ सिलवाल, उपाध्यक्ष उपेन्द्र सापकोटा मंगलबार ब्रतालुहरुलाई पुजा आजाको व्यबस्थापनमा व्यस्त देखिन्थे । अध्यक्ष बिमल श्रेष्ठको सिंगो परिवार दर खुवाउने देखि पुजा आजामा अहोरात्र खटिएको दृश्यले सेवा परमो धर्मको भाव झल्किन्थ्यो ।

मन्दिर व्यबस्थापन समितिका अनुसार पंचमी पुजाको लागि पनि आवस्यक सवै तयारी पुरा गरिएको छ ।

तिनै होलान हाम्रा बाबा लिन आएका….., मन मुटु मातृभूमि तिर तर शरीर परदेशमा भएका दक्षिण क्यालिफोर्नियाका चेलिबेटीको माइती बनेर तीज मनाउने अपूर्व अवसर मिलाउने श्री पशुपति बुद्ध मन्दिर, नर्वाक व्यबस्थापन समिति प्रति नाच्दै गाउदै गरेका चेली बेटीहरुले सामुहिक स्वरमा भने, ‘छेउ छाउमा बसेर ढाका टोपी लाएर, दर खुवाउने दाजु भाईलाई धन्यवाद ।’

  himalayanvoice.com | १० भाद्र २०८२, मंगलवार १६:१८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online