ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

नेपाल साउथ अस्ट्रेलियासँग दुवै खेलमा पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास खेलमा लगातार दोस्रो हार खेपेको छ ।

बिहीबार भएको दोस्रो खेलमा नेपाल साउथ अस्ट्रेलियासँग तीन रनले पराजित भयो । यसअघि बिहीबार बिहान भएको पहिलो खेलमा नेपाल साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो ।

जितका लागि साउथ अस्ट्रेलियासँगले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रनमा समेटिएको थियो ।

नेपालका लागि रुपेशकुमार सिंहले सर्वाधिक ३७ रन बनाउनुभयाे । लोकेश बमले ३२, भीम सार्कीले २९, कुशल भुर्तेलले ११ र आरिफ शेखले १० रन बनाउनुभयो ।

बलिङमा साउथ अस्ट्रेलियाका लागि क्याम्पबेल थम्पसनले चार विकेट लिनुभयो । यस्तै टम मेन्जिएस, टिम ओक्ली र नोह म्याकफडेनले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । साउथ अस्ट्रेलियाका लागि रायन किङ्गले सर्वाधिक ३४ रन बनाउनुभयो ।

ह्यारी मनेन्टी र ड्यानियल ड्रियुले समान २९, डाउट्जी होगनबोइजिमले १४, थोमस ब्राउनले ब्राउनले अविजित १२, ज्याक विन्टरले १२ र कप्तान म्याकेन्जी हार्वेले ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका रुपेश सिंह, करण केसी र शाहब आलमले दुई दुई तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो । टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलिया पुगेको नेपाल सिरिजको समूह चरणबाट बाहिरिएको थियो । सिरिजपछि नेपालले साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेलेको हो ।

नेपालले यसअघि स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध टी–२० अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको थियो । नेपालले अब अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एक दिवसीय खेल खेल्ने छ ।

नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार ०९:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online