ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

सल्यान जिप दुर्घटना: १९ जना घाइतेको विवरण खुल्यो

सल्यान। सल्यानको शारदा नगरपालिका–१२, रेशमज्युलानजिक जिप दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइते सबैको विवरण खुलेको प्रहरीले जनाएको छ ।

तिमिलेबाट श्रीनगरतर्फ आउँदै गरेको लु. १ ज. २३६८ नम्बरको जिप अनियन्त्रित भई सडकदेखि करिब ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।

घाइते भएकाहरूमा शारदा–१३ का १८ वर्षीय सुमन बस्नेत (टाउको र दायाँ खुट्टामा चोट) रहेको छ । शारदा–१२ की २१ वर्षीया सीता रावत (टाउको, हातमा चोट) र उहाँकी ७ वर्षीया छोरी डोल्मा रावत (टाउकोमा चोट) रहेका छन् ।

त्यस्तै, शारदा–१५ की २४ वर्षीया साबित्रा भण्डारी (टाउको, ढाडमा चोट), त्रिवेणी–२ की २४ वर्षीया निर्मला गिरी (टाउको, खुट्टा चोट), शारदा–१५ की ८ वर्षीया शिरीसा भण्डारी (टाउको, खुट्टामा चोट) र २३ वर्षीया दीपा रावत (टाउकोमा चोट), शारदा–१२ की २१ वर्षीया जानकी गिरी (छाती, खुट्टामा चोट) रहेको छ ।

सोहीअनुसार शारदा–१३ का २७ वर्षीय गिराराज गुरु (कन्चट, हातमा चोट) र उहाँका ९ वर्षीया छोरी रियाराज तथा ५ वर्षीय रितुराज गुरु (सामान्य अवस्था), शारदा–१ की २५ वर्षीया शोभा बुढाथोकी (टाउकोमा चोट), उहाँका ९ वर्षीया छोरी डिला (खुट्टामा चोट) र ६ वर्षीया छोरी सुमित्रा (टाउकोमा चोट), शारदा–१ की २१ वर्षीया सम्झना थापा (टाउकोमा, खुट्टामा चोट) र उहाँकी १८ महिनाकी छोरी समारिका (सामान्य अवस्था), शारदा–१३ का १६ वर्षीय जीवन नेपाली (टाउकोमा चोट) रहेका छन् ।

यसैबिच गम्भीर घाइते भएका शारदा नगरपालिका–१२ की ३४ वर्षीया पार्वती बुढा (शरीर भित्री भागमा चोट) र शारदा नगरपालिका–१३ की ३५ वर्षीया झुपी नेपाली (ढाडमा चोट), नेपालगन्ज रेफर गरिएको छ ।

इलाका प्रहरी कार्यालय शीतलपाटीका अनुसार दुर्घटनाग्रस्त जिप चालक शारदा–६, मदनकाडाका २३ वर्षीय सुरेश बुढाथोकीलाई नियन्त्रणमा लिइएको छ । घटनास्थलमा प्रहरी नायब निरीक्षक नरेशसिंह ठकुरीको कमान्डमा प्रहरी टोली खटिएको थियो ।

जिप अनियन्त्रित भएर सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । जिपमा २० जना सवारमध्ये १९ जना घाइते भएका छन् । घाइते सबैलाई शारदा नगरपालिका–१ श्रीनगरस्थित कर्णाली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो । उहाँका अनुसार गम्भीर दुई जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार ०९:१६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online