ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

नेपाल साउथ अस्ट्रेलियासँग दुवै खेलमा पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास खेलमा लगातार दोस्रो हार खेपेको छ ।

बिहीबार भएको दोस्रो खेलमा नेपाल साउथ अस्ट्रेलियासँग तीन रनले पराजित भयो । यसअघि बिहीबार बिहान भएको पहिलो खेलमा नेपाल साउथ अस्ट्रेलियासँग तीन विकेटले पराजित भएको थियो ।

जितका लागि साउथ अस्ट्रेलियासँगले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रनमा समेटिएको थियो ।

नेपालका लागि रुपेशकुमार सिंहले सर्वाधिक ३७ रन बनाउनुभयाे । लोकेश बमले ३२, भीम सार्कीले २९, कुशल भुर्तेलले ११ र आरिफ शेखले १० रन बनाउनुभयो ।

बलिङमा साउथ अस्ट्रेलियाका लागि क्याम्पबेल थम्पसनले चार विकेट लिनुभयो । यस्तै टम मेन्जिएस, टिम ओक्ली र नोह म्याकफडेनले दुई दुई विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । साउथ अस्ट्रेलियाका लागि रायन किङ्गले सर्वाधिक ३४ रन बनाउनुभयो ।

ह्यारी मनेन्टी र ड्यानियल ड्रियुले समान २९, डाउट्जी होगनबोइजिमले १४, थोमस ब्राउनले ब्राउनले अविजित १२, ज्याक विन्टरले १२ र कप्तान म्याकेन्जी हार्वेले ११ रन बनाउनुभयो ।

बलिङमा नेपालका रुपेश सिंह, करण केसी र शाहब आलमले दुई दुई तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक एक विकेट लिनुभयो । टप एन्ड टी–२० सिरिजका लागि अस्ट्रेलिया पुगेको नेपाल सिरिजको समूह चरणबाट बाहिरिएको थियो । सिरिजपछि नेपालले साउथ अस्ट्रेलियासँग अभ्यास खेल खेलेको हो ।

नेपालले यसअघि स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध टी–२० अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको थियो । नेपालले अब अगस्ट ३० तारिख साउथ अस्ट्रेलियासँगै एक दिवसीय खेल खेल्ने छ ।

नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका लागि अस्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेको हो ।

  himalayanvoice.com | १२ भाद्र २०८२, बिहीबार ०९:१९

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online