ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

एनआरएनए मलेसियाको अध्यक्षमा नारायण लिम्बू निर्वाचित

क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) इन्द्र नारायण लिम्बूको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

आइतबार मलेसियाको राजधानी क्वालालम्पुरमा भएको भेलाले इन्द्र नारायण लिम्बू अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो।

मलेसियामा कमिटी गठन गर्ने क्रममा नेपाली कांग्रेसका नेता प्रकाशशरण महतसँगै अध्यक्ष महेश श्रेष्ठ, उपाध्यक्ष खगेन्द्र न्यौपाने लगायतको सहभागिता थियो। त्यस्तै नेपालका लागि मलेसियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिमिल्सिनाको पनि सहभागिता थियो।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले नेपाली डायस्पोराले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको उल्लेख गरे ।

उनले विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताए ।

यसैगरी मलेसियाका लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिमल्सिनाले एनआरएनए मलेसियाभित्र एकताको आवश्यकता औंल्याउँदै गुटबन्दी, व्यक्तिगत स्वार्थ र आर्थिक विवादमा अल्झिन नहुने बताए ।

राजदूत तिमल्सिनाले मलेसियामा रहेका नेपाली श्रमिकहरूको दयनीय अवस्था उजागर गर्दै मासिक करिब ४० जना श्रमिकको मृत्यु हुने तथ्याङ्क सार्वजनिक गरेका थिए ।

उनले श्रमिक शोषण, न्यूनतम ज्यालाभन्दा कम पारिश्रमिक, लामो कार्यघण्टा, भिसा व्यापारजस्ता समस्यालाई समाधान गर्न पारदर्शिता र सहकार्य आवश्यक रहेको बताए।

यसैगरी एनआरएनए अध्यक्ष महेश श्रेष्ठले आफ्नो नेतृत्वको समिति सर्वोच्च अदालत र परराष्ट्र मन्त्रालयको निर्णयअनुसार वैधानिक भएको दावी गरे ।

उनले वैधानिकता सम्बन्धी भ्रम चिर्दै श्रमिक अधिकार संरक्षण, लगानी प्रवर्द्धन र वैदेशिक रोजगारमा सुधारका लागि ठोस कार्ययोजना अघि सारे।

उपाध्यक्ष खगेन्द्र न्यौपानेले एनसिसी मलेसियाभित्र एकता अपरिहार्य रहेको उल्लेख गर्दै सबैलाई मतभेद छोडेर सामूहिक प्रयासमा जोड दिन आग्रह गरे ।

  himalayanvoice.com | १६ भाद्र २०८२, सोमबार ११:३२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online