ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

गोदावरीमा आजदेखि एमालेको दोस्रो विधान महाधिवेशन भदौ २१ गते प्रतिवेदनमाथि समूहगत छलफल हुने र २२ गतेदेखि निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि निर्वाचन आयोगमार्फत निर्वाचन गरी प्रतिवेदन पास गर्दै महाधिवेशन समापन गरिनेछ।

काठमाडौं  । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नुहुनेछ।

२२ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि र आयोजकसहित करिब २ हजार ३ सयभन्दा बढी सहभागी हुने एमालेले जनाएको छ। प्रतिनिधिहरू बिहान ९ बजेदेखि आउन भनिएको छ भने उद्घाटन सत्र ११ बजे सुरु हुनेछ।

उद्घाटनपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गरेको फरक मत पनि महाधिवेशनमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

भदौ २१ गते प्रतिवेदनमाथि समूहगत छलफल हुने र २२ गतेदेखि निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि निर्वाचन आयोगमार्फत निर्वाचन गरी प्रतिवेदन पास गर्दै महाधिवेशन समापन गरिनेछ।

गोदावरीस्थित २ हजार ८४० सिट क्षमताको सनराइज सम्मेलन केन्द्रलाई विशेष सजावट गरिएको छ। मुख्य प्रवेशद्वारदेखि हलसम्म प्रतिनिधिहरूलाई स्वागत गर्न तीन वटा गेट निर्माण गरिएको छ। प्रधानमन्त्री ओलीलाई मात्र पहिलो गेट प्रयोग गर्न दिइनेछ भने अन्य पदाधिकारी र प्रतिनिधिहरूका लागि छुट्टै द्वार तोकिएको छ।

यसपटक महाधिवेशनलाई प्रविधिमैत्री बनाउन क्यूआर स्क्यानमार्फत मात्र प्रवेश दिइने व्यवस्था गरिएको छ। प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकको परिचयपत्र स्क्यान गरी प्रवेश दिने र उपस्थिति विवरण ९एटेडेन्स डेटा० समेत संकलन गर्ने एमालेले जनाएको छ।

  himalayanvoice.com | १९ भाद्र २०८२, बिहीबार २२:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online