ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

नेपाल र बङ्गलादेशबीच हुने खेलको तयारी पूरा

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली र बङ्गलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि सबै तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा) ले जनाएको छ । 

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि सम्पूर्ण तयारी पूरा भएको एन्फाका प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगिताका दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साझ ५ः३० बजेदेखि हुनेछ ।

उक्त खेलका लागि बङ्गलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नै नेपाल आइसकेको छ । बङ्गलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतियोगिताको मार्केटिङ र डिजिटल अधिकार एडी रिलिज प्राइभेट लिमिटेडलाई प्रदान गरेको प्रवक्ता शाहले जानकारी दिनुभयो । उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ रू एक हजार र साधारण प्याराफिटर्फ रू पाँच सय टिकट दर निर्धारण गरिएको छ ।

दुवै खेलको समग्र विजेतालाई ट्रफी र पदक प्रदान गरिने एन्फाले जनाएको छ । यदि दुवै खेलबाट नतिजा नआएमा दोस्रो खेलपछि पेनाल्टी सुटआउटमार्फत विजेता तय हुनेछ । उक्त प्रतियोगिता सञ्चालनका लागि करिब रु एक करोड २७ लाख ५८ हजार एक सय ६८ खर्च लाग्ने आयोजकको भनाइ छ ।

  himalayanvoice.com | १९ भाद्र २०८२, बिहीबार २२:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online