ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

गोदावरीमा आजदेखि एमालेको दोस्रो विधान महाधिवेशन भदौ २१ गते प्रतिवेदनमाथि समूहगत छलफल हुने र २२ गतेदेखि निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि निर्वाचन आयोगमार्फत निर्वाचन गरी प्रतिवेदन पास गर्दै महाधिवेशन समापन गरिनेछ।

काठमाडौं  । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुँदैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्नुहुनेछ।

२२ गतेसम्म चल्ने महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि र आयोजकसहित करिब २ हजार ३ सयभन्दा बढी सहभागी हुने एमालेले जनाएको छ। प्रतिनिधिहरू बिहान ९ बजेदेखि आउन भनिएको छ भने उद्घाटन सत्र ११ बजे सुरु हुनेछ।

उद्घाटनपछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्। स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गरेको फरक मत पनि महाधिवेशनमा छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।

भदौ २१ गते प्रतिवेदनमाथि समूहगत छलफल हुने र २२ गतेदेखि निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यसपछि निर्वाचन आयोगमार्फत निर्वाचन गरी प्रतिवेदन पास गर्दै महाधिवेशन समापन गरिनेछ।

गोदावरीस्थित २ हजार ८४० सिट क्षमताको सनराइज सम्मेलन केन्द्रलाई विशेष सजावट गरिएको छ। मुख्य प्रवेशद्वारदेखि हलसम्म प्रतिनिधिहरूलाई स्वागत गर्न तीन वटा गेट निर्माण गरिएको छ। प्रधानमन्त्री ओलीलाई मात्र पहिलो गेट प्रयोग गर्न दिइनेछ भने अन्य पदाधिकारी र प्रतिनिधिहरूका लागि छुट्टै द्वार तोकिएको छ।

यसपटक महाधिवेशनलाई प्रविधिमैत्री बनाउन क्यूआर स्क्यानमार्फत मात्र प्रवेश दिइने व्यवस्था गरिएको छ। प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकको परिचयपत्र स्क्यान गरी प्रवेश दिने र उपस्थिति विवरण ९एटेडेन्स डेटा० समेत संकलन गर्ने एमालेले जनाएको छ।

  himalayanvoice.com | १९ भाद्र २०८२, बिहीबार २२:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online