ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडा चयन

काठमाडौँ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली काँग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन हुनुभएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली काँग्रेसका सांसद हुनुहुन्छ ।

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो ।

बैठकमा नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाउनुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका सांसद खतिवडा हाल काँग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि पनि उहाँ ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

केही समय अघिसम्म उहाँ राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा हुनुहुन्थ्यो । संवैधानिक व्यवस्थाअनुसार सभापतिको पद बहाली गर्नुअघि उहाँले आगामी सोमबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।

  himalayanvoice.com | २० भाद्र २०८२, शुक्रबार १०:४३

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online