ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

जेनजी प्रदर्शन : १९ को मृत्यु, ४२२ जना घाइते सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन् भने तीनजनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ।

काठमाडौँ । सोमबार देशका विभिन्न ठाउँमा भएको जेनजी प्रदर्शनबाट १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालबाट सङ्कलन गरेको तथ्यांक अनुसार जेनजी आन्दोलनबाट ४२२ जना घाइते हुनुका साथै १९ जनाको ज्यान गएको छ ।

सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन् भने तीनजनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ।

यस्तै, नेशनल ट्रमा सेन्टरमा आठजना घाइतेको मृत्यु भएको छ भने ५९ जना घाइते उपचाररत छन् ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३१ जना घाइतेमध्ये सात जनालाई डिस्चार्ज गरिएको छ भने दुई जनाको मृत्य भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १८ जना घाइते उपचारत छन् भने एक जनाको मृत्यु भएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना घाइते मध्ये दुईजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्य अस्पतालहरूमा पनि केही घाइतेहरू उपचाररत छन् भने केहीलाई डिस्चार्ज गरिएको छ। हालसम्म ४२२ घाइतेमध्ये १० जनालाई डिस्चार्ज गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

  himalayanvoice.com | २३ भाद्र २०८२, सोमबार १२:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online