ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

जेनजी प्रदर्शन : १९ को मृत्यु, ४२२ जना घाइते सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन् भने तीनजनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ।

काठमाडौँ । सोमबार देशका विभिन्न ठाउँमा भएको जेनजी प्रदर्शनबाट १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ८ बजेसम्म देशभरिका विभिन्न अस्पतालबाट सङ्कलन गरेको तथ्यांक अनुसार जेनजी आन्दोलनबाट ४२२ जना घाइते हुनुका साथै १९ जनाको ज्यान गएको छ ।

सिभिल सेवा अस्पतालमा १७० जना घाइते उपचारत छन् भने तीनजनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते उपचारत छन् भने तीन जनाको मृत्यु भएको छ।

यस्तै, नेशनल ट्रमा सेन्टरमा आठजना घाइतेको मृत्यु भएको छ भने ५९ जना घाइते उपचाररत छन् ।

काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३१ जना घाइतेमध्ये सात जनालाई डिस्चार्ज गरिएको छ भने दुई जनाको मृत्य भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १८ जना घाइते उपचारत छन् भने एक जनाको मृत्यु भएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना घाइते मध्ये दुईजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अन्य अस्पतालहरूमा पनि केही घाइतेहरू उपचाररत छन् भने केहीलाई डिस्चार्ज गरिएको छ। हालसम्म ४२२ घाइतेमध्ये १० जनालाई डिस्चार्ज गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

  himalayanvoice.com | २३ भाद्र २०८२, सोमबार १२:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online