ट्रेण्डिङ्ग:
|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए|नोबेल साहित्य पुरस्कार : स्विस उत्तरआधुनिकतावादी र अस्ट्रेलियाली लेखक प्रमुख दावेदार

वीरगञ्जमा राती ९ देखि बिहान ९ बजेसम्म कर्फ्यु आदेश

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्मका लागि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले एक सूचना जारी गर्दै सोमबार राति ९ बजेदेखि मंगलबार बिहान ९ बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको जनाउनु भएको छ ।

पूर्वमा बाइपास रोड, पश्चिममा सिरिया पुल, उत्तरमा गण्डक चौक, दक्षिणमा शंकराचार्य गेट चार किल्ला तोकि कर्फ्यु आदेश जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गरिएको आदेशअनुसार तोकिएको क्षेत्रभित्र सर्वसाधारणले आवतजावत गर्न, भिडभाड गर्न, जुलुस, सभा, प्रदर्शन वा कुनै किसिमको भीड जम्मा गर्न पूर्णतः निषेध गरिएको छ ।

सूचनामा कर्फ्यु आदेश जारी गरिनुको कुनै कारण खुलाइएको छैन भने आदेश पालना नगर्नेलाई कानुन बमोजिम कारवाही गरिने चेतावनी पनि दिएको देखिँदैन ।

भ्रष्टाचार र कुशासनविरुद्ध देशव्यापीरूपमा फैलिएको जेनजी पुस्ताको आन्दोलन सोमबार वीरगञ्जमा समेत प्रदर्शन गरिएको थियो भने प्रदर्शनकारीहरूले घण्टाघर चोक, माईस्थान चोकलगायतका क्षेत्रमा टायर बालेर नाराबाजी गरेकाले बढ्दो तनाव र सम्भावित झडपलाई मध्यनजर गर्दै प्रशासनले कर्फ्यु आदेश जारी गरेको जानकारी दिइएको छ ।

सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरीलाई सडकमा खटाइएको छ भने कफ्र्यू आदेश जारी भए लगतैदेखि वीरगञ्जको बजार, पसल र सडक सुनसान भएका छन् ।

  himalayanvoice.com | २३ भाद्र २०८२, सोमबार १२:२४

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online