ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

काठमाडौँ । सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । 

मुख्यसचिव एकनारायण अर्यालले  प्रधानमन्त्री सुशीला कार्कीले पदभार समाल्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

साथै प्रत्येक सहिदका परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरेको मुख्यसचिव अर्यालको भनाइ छ ।

मुख्यसचिव अर्यालका अनुसार प्रदर्शनका क्रममा प्रदर्शनकारी ५९, कैदीबन्दी १० र  सुरक्षाकर्मी तीन जना गरी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । १३४ जना प्रदर्शनकारी, प्रहरी ५७ गरी १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

  himalayanvoice.com | २९ भाद्र २०८२, आईतवार ११:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online