ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

जेनजी आन्दोलनका मृतकलाई सहिद र परिवारलाई १० लाख उपलब्ध गराउने घोषणा

काठमाडौँ । सरकारले भदै २३ र २४ गते जेनजी आन्दोलनमा क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । 

मुख्यसचिव एकनारायण अर्यालले  प्रधानमन्त्री सुशीला कार्कीले पदभार समाल्दै भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मृत्यु भएकालाई शहिद घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

साथै प्रत्येक सहिदका परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध गराउने र घाइतेको निःशुल्क उपचार गराउने निर्णय गरेको मुख्यसचिव अर्यालको भनाइ छ ।

मुख्यसचिव अर्यालका अनुसार प्रदर्शनका क्रममा प्रदर्शनकारी ५९, कैदीबन्दी १० र  सुरक्षाकर्मी तीन जना गरी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । १३४ जना प्रदर्शनकारी, प्रहरी ५७ गरी १९१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् ।

  himalayanvoice.com | २९ भाद्र २०८२, आईतवार ११:४०

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online