ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

संविधान पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्नेछौं : विदेशमन्त्री मार्को रुबियो रुबियोले मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात तथा ऊर्जा पूर्वाधारको विस्तारलाई सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिने, अमेरिका–नेपाल साझेदारीलाई सबल पार्ने र अमेरिकी कम्पनीहरूका लागि व्यवसायिक अवसरहरू सिर्जना गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

काठमाडौं । संयुक्तराज्य अमेरिकाले संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपाली जनताको चाहनालाई समर्थन गर्ने बताएको छ ।

संबिधान दिवसको अवसरमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारि गरेको संदेशमा दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपाललाई साथ दिने जनाएको छ ।

संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई तथा शुभकामना सन्देश दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपालसंगको सहकार्यलाई निरन्तरता दिन उत्सुक छौं ।’

नेपालका जनता आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सबल पार्ने र सबैको समृद्धि प्रवर्द्धन गर्ने आशावादी भविष्यको हकदार रहेको अमेरिकाले जनाएको छ ।

विदेशमन्त्री मार्को रुबियोले मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात तथा ऊर्जा पूर्वाधारको विस्तारलाई सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिने, अमेरिका–नेपाल साझेदारीलाई सबल पार्ने र अमेरिकी कम्पनीहरूका लागि व्यवसायिक अवसरहरू सिर्जना गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

विदेशमन्त्री रुबियोले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

  himalayanvoice.com | २ आश्विन २०८२, बिहीबार २२:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online