ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

संविधान पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्नेछौं : विदेशमन्त्री मार्को रुबियो रुबियोले मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात तथा ऊर्जा पूर्वाधारको विस्तारलाई सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिने, अमेरिका–नेपाल साझेदारीलाई सबल पार्ने र अमेरिकी कम्पनीहरूका लागि व्यवसायिक अवसरहरू सिर्जना गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

काठमाडौं । संयुक्तराज्य अमेरिकाले संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपाली जनताको चाहनालाई समर्थन गर्ने बताएको छ ।

संबिधान दिवसको अवसरमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जारि गरेको संदेशमा दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपाललाई साथ दिने जनाएको छ ।

संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई तथा शुभकामना सन्देश दिँदै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका छन्, ‘दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपालसंगको सहकार्यलाई निरन्तरता दिन उत्सुक छौं ।’

नेपालका जनता आर्थिक वृद्धिलाई अगाडि बढाउने, क्षेत्रीय सुरक्षालाई सबल पार्ने र सबैको समृद्धि प्रवर्द्धन गर्ने आशावादी भविष्यको हकदार रहेको अमेरिकाले जनाएको छ ।

विदेशमन्त्री मार्को रुबियोले मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्टले नेपालको यातायात तथा ऊर्जा पूर्वाधारको विस्तारलाई सहयोग गर्ने, रोजगारी सिर्जना गर्ने, दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिने, अमेरिका–नेपाल साझेदारीलाई सबल पार्ने र अमेरिकी कम्पनीहरूका लागि व्यवसायिक अवसरहरू सिर्जना गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

विदेशमन्त्री रुबियोले आन्दोलनमा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

  himalayanvoice.com | २ आश्विन २०८२, बिहीबार २२:२२

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online