ट्रेण्डिङ्ग:
|भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने सरकारको निर्णय|सर्वेक्षणहरू भन्छ, ‘राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनलाई अत्यधिक समर्थन’|जर्मनीले पौने सात अर्बको सहयोग गर्ने|अन्तर्राष्ट्रिय बजारमै सुनको भाउमा नयाँ रेकर्ड|मनसुन क्रमशः कमजोर हुँदै|फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की|एक लाख डलर एच-१बि भिसा शुल्कले आप्रवासी कामदारहरूमा निर्भर ग्रामीण विद्यालय र अस्पतालहरू खतरामा|भारतमा भएको दुर्घटनामा दुई नेपालीको मृत्यु|राष्ट्रपति ट्रम्प भन्छन्: गार्ड तैनाथीको विरोध गर्ने इलिनोइसका गभर्नर र शिकागोका मेयरलाई जेल हाल्नु पर्छ|अमेरिकी दमनको बीचमा एल पासोका बिशपले आप्रवासीहरूबाट पोप लियो चौधौं हताश पत्रहरू ल्याए

ऊर्जामन्त्री घिसिङ र अमेरिकी राजदूत थम्पसनबिच भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनबिच  शिष्टाचार भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई राजदूत थम्पसन अमेरिकातर्फबाट बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ।

भेटमा नेपाल–अमेरिकी सहयोग, अमेरिकी सहयोगमा सञ्चालित आयोजनाको कार्यान्वयन अवस्था, जेन-जी आन्दोलनको क्रममा क्षति पुगेका सार्वजनिक संरचनाको पुनर्निर्माणलगायतका विषयमा छलफल भएको छ।

भेटमा मन्त्री घिसिङले अहिलको सरकारको मुख्य प्राथमिकताको रूपमा आन्दोलनका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, आम चुनाव र सुशासन कायम गर्नु रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ।

राजदूत थम्पसन अमेरिकले नेपाललाई गर्दै आएको सहयोग जारी रहने उल्लेख गर्नुभएको छ।

  himalayanvoice.com | ८ आश्विन २०८२, बुधबार १०:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online