ट्रेण्डिङ्ग:
|सुनको मूल्य बढ्यो, चाँदीको घट्यो|साउदी अरबस्थित अमेरिकी दूतावासमा इरानी ड्रोन आक्रमण, अमेरिकी नागरिकहरूलाई मध्यपूर्वी देशहरू छोड्न आग्रह|मिनेसोटाद्वारा संघीय अध्यागमन अधिकारीहरू विरुद्ध अनुसन्धान सुरु|कांग्रेस सदस्यहरूलाई आइस सुविधाहरूको भ्रमण गर्न ७ दिनको सूचना आवश्यक पर्ने पछिल्लो नीति खारेज|तराईका जिल्लामा आज होली मनाइँदै|आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर|मध्यपूर्व र खाडी राष्ट्रमा युद्धको त्रास, नेपाली आप्रवासी कामदार अन्यौलमा|पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको पूर्वानुमान|निर्वाचन आउन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन|वसन्तपुरमा होलीको उमङ्ग

देउवा दम्पतीको स्वास्थ्यमा पूर्ण सुधार

काठमाडौँ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा स्वस्थ हुनुभएको छ । 

नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेत सभापति देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पूर्ण रुपमा स्वस्थ हुनुभएको जानकारी दिनुभयो ।

देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको हुँदा अस्पतालबाट डिस्चार्ज नभएको प्रवक्ता बस्नेतको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “उहाँहरुको स्वास्थ्यमा पूर्ण रुपमा सुधार आएको छ । उहाँहरूले हामीसँग आन्तरिक व्यवस्थापनका लागि समय माग्नु भएको छ । व्यवस्थापन भएपछि यहाँबाट जानुहुन्छ ।”

भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीले उहाँहरुमाथि आक्रमण गरेका थिए। देउवा निवास बूढानीलकण्ठ पुगेका प्रदर्शनकारीले घरमा आगजनी गरेर कुटपिट गर्दै निकालेका थिए। प्रदर्शनकारीले कुटपिट गर्न थालेपछि उहाँहरुलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेको हो। अहिलेसम्म देउवा दम्पती सेनाको सुरक्षामा हुनुहुन्छ।

  himalayanvoice.com | ८ आश्विन २०८२, बुधबार १०:२६

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online