सिन्धुपाल्चोकमा पहिरोमा परि दुई बालिका बेपत्ता

सिन्धुपाल्चोक । जिल्लाको बलेफी गाउँपालिका–१ जलबिरेस्थित बलेफी–ढाडे भित्री सडक खण्डमा आज दिउँसो पहिरोमा परि दुई बालिका बेपत्ता भएका छन्।

चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङ घर भई जुगल गाउँपालिका–२ गोल्छेमा रहेको मामाघर जाँदै गरेका ज्याङजेङ लामाकी छोरी १७ वर्षीया फुलमाया लामा र पाँच वर्षीया मनमाया लामा पहिरोमा परेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

आज दिउँसो करिब ४:४५ बजे सडकमाथिबाट लेदो सहितको पहिरो खस्दा उनीहरू बगाएका हुन्। सो सडक खण्डमुनि ब्रह्मायणी नदी बगिरहेको छ।

घटनापछि इलाका प्रहरी कार्यालय जलबिरेबाट प्रहरी निरीक्षक गजेन्द्र रावतको कमाण्डमा १० जनाको प्रहरी टोली परिचालन भई खोजी कार्य जारी राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

×