ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

नव कुमारी अष्टमीको शुभ साइतमा कुमारी घर प्रवेश कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँकुमारी छनोट गरिएको थियो ।

काठमाडौं। जीवितदेवी कुमारी चयन भएसँगै नवनियुक्त कुमारीलाई आज अष्टमीको दिनको शुभ साइतमा कुमारी घर प्रवेश गराइ आसनमा विराजमान गराइएको छ । इतुम्बहालका आर्यतारा शाक्य कुमारीको रुपमा उहाँ चयन हुनुभएको हो ।

बिहान ढल्को अवस्थित उहाँको निवासमा बाजागाजाका साथ हनुमानढोकासम्म ल्याइ विधिवत पूजाआजा गरी कुमारी घरमा प्रवेश गराइएको हो । नव कुमारीको आगमनसँगै पूर्व कुमारीलाई सम्मानका साथ विदाइ गरिएको हो । कुमारीघरबाट विधिवत रुपमा उहाँको निवाससम्म पुर्याउन गएको हो । आसनमा आशितकुमारी परिपक्व हुनुभन्दा अगाडि नै कुमारी परिवर्तन परम्परा रहिआएकोलाई अनुसरण गरी आजको शुभसाइत कुमारी परिवर्तन भएको चिताइदार गौतम शाक्यले बताउनुभयो ।

तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ। कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँकुमारी छनोट गरिएको थियो । कुमारी छनोटका क्रममा सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार ११:२८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online