ट्रेण्डिङ्ग:
|केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना|ठूला अध्यागमन प्रवर्तन कारबाहीहरू पछि ट्रम्प प्रशासन आफ्नो आप्रवासन क्र्याकडाउनलाई पुनर्मूल्यांकन गर्दै|टेकु क्षेत्रमा चल्यो डोजर|बल्खुस्थित सुकुम्बासी बस्ती भत्काइयो |मस्कोको एक्लो नेपाली रेस्टुरेन्ट ‘करी हाउस’ नेपाली स्वाद पस्किरहेको छ|सकियो ग्रामीण चलचित्र महोत्सव, ‘मोहर’ उत्कृष्ट चलचित्र|इलाम साहित्य महोत्सवको पाँचौँ संस्करण सुरु|नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज|जनादेश अनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छ : सभापति थापा|अर्थमन्त्री वाग्ले र अमेरिकी दूत सर्जियोको शिष्टाचार भेट

तुइन खोलामा फेरि पहिरो, मुग्लिन सडकखण्ड अवरुद्ध इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका –५ स्थित तुइन खोलामा आज साँझ ७ः३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दैआएका छन् ।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार ११:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online