ट्रेण्डिङ्ग:
|नेपाली कांग्रेसको विवाद: दुवै पक्ष निर्वाचन आयोगमा पुगे|यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर|सुनसरीमा ट्रक दुर्घटना: ५ जनाको मृत्यु|गर्भपतन हेरचाह प्रदान गरेको आरोपीत क्यालिफोर्नियाका डाक्टरलाई सुपुर्दगी नगरिने|नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित|अमेरिकाले ७५ देशबाट आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्दै|गोविन्द वियोगी पत्रकारिता पुरस्कार डा.जगत नेपाललाई|रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्धा फिर्ता|सुनचाँदीको मूल्य हालसम्मकै उच्च|थारु माघी महोत्सवमा घोँगी र भक्का खानेहरूको भीड

तुइन खोलामा फेरि पहिरो, मुग्लिन सडकखण्ड अवरुद्ध इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका –५ स्थित तुइन खोलामा आज साँझ ७ः३० बजेतिर माथिबाट लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार हाल पहिरो हटाउन आवश्यक मेसिनसहित प्राविधिकहरू पहिरोस्थलतर्फ गएका छन् । पहिरो गएसँगै दसैँका लागि घर हिँडेका यात्रु बाटोमै रोकिएका छन् ।

पहिरो पन्छाउन केही समय लाग्ने भन्दै लेन अनुशासन पालना गरी धर्य गरेर बस्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ । यस ठाउँमा पटक पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दैआएका छन् ।

  himalayanvoice.com | १४ आश्विन २०८२, मंगलवार ११:२५

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online