ट्रेण्डिङ्ग:
|‘सर्वोच्चको फैसला जित हारको विषय होइन’|यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर|आज केही स्थानमा साधरणतया बादल लागेपनि मौसम मुख्यतया सफा रहने|पृथ्वी दिवसको अगाडि, गभर्नर न्यूसमले क्यालिफोर्नियालीहरूलाई जलवायुमा कारबाही गर्न आह्वान गरे|सर्वोच्चद्वारा गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई वैधानिकता दिने निर्णय सदर|फ्रान्सका विदेशमन्त्रीले आइसद्वारा थुनामा राखिएकी ८५ वर्षीया विधवा घर फर्किएको बताए|अमेरिकाबाट करिब १५ ल्याटिन अमेरिकी निर्वासितहरू कंगो आइपुगे|प्रलोभनमा परेर कम्बोडिया पुगेका ४६ नेपाली स्वदेश फिर्ता|धनकुटामा चियासँग कविता कन्सर्ट|इरानले हर्मुजको जलडमरू पुनः खोल्यो, तर ट्रम्पले इरानी जहाज र बन्दरगाहहरूमा नाकाबन्दी कायम रहने बताए

फागुन २१ मै निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की “विदेशमा रहेका नेपाली नागरिकका हकहित र सुरक्षामा कुनै सम्झौता हुने छैन। नियोगहरूले तिनको सेवा प्रवाह अझ प्रविधिमैत्री र प्रभावकारी बनाउनुपर्छ।”

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित नेपाली दूतावास र नियोग प्रमुखहरुलाई आज भर्चुअल सम्बोधन गर्नुभएको छ । 

सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले नेपालमा हालै भएको जेनजी प्रदर्शन पछिको नयाँ राजनीतिक परिवेश र त्यसपछि गठन भएको अन्तरिम सरकार र त्यसले गरिरहेका कामहरुबारेमा दूतावास र नियोग प्रमुखहरुलाई जानकारी गराउनुभयो ।

त्यसक्रममा प्रधानमन्त्री कार्कीले हाल देशमा आर्थिक गतिविधिहरु पूर्ववत रुपमा सञ्चालन भइसकेकोबारे जानकारी गराउनु हुँदै सम्बन्धित मुलुक र सरोकारवालाहरुबीच सो सन्देश प्रवाह गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको अन्तरिम सरकार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको भन्नुहुँदै आन्दोलनका कारण केही प्रभावित भएको पर्यटन क्षेत्र पुनः लयमा फर्किसकेकाले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न पनि निर्देशन दिनुभयो ।

त्यसैगरी, हालैको प्रदर्शनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरुको पुनर्निर्माण गर्न सरकारले पुनर्निर्माण कोष खोलेको बारेमा प्रचार प्रसार गरी सहयोग जुटाउन पहलका लागि पनि प्रधानमन्त्रीले विदेशस्थित नेपाली नियोग प्रमुखहरुलाई निर्देशन दिनुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

भर्चुअल सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले ठूलो संख्यामा नेपाली समुदाय विदेशमा रहेकाले उनीहरुलाई राज्यका तर्फबाट दिइने सेवा प्रवाहमा तदारुकता देखाउन पनि निर्देशन दिनुभएको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

  himalayanvoice.com | २२ आश्विन २०८२, बुधबार २३:५८

प्रतिक्रिया

SanDiegoVille: The Boil Daddy Bringing Cajun Seafood To San Diego's Liberty StationNanking Indian Restaurant -Artesia, CA | Order Online